पोखरामा एक युवाले गरे आत्मदाहको प्रयास
वि.सं.२०७९ माघ १५ आइतवार १३:५८
1.8K
shares
काठमाडौं: नयाँ वानेश्वरस्थित संसद भवन अगाडि एक युवाले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै पोखरामा अर्का युवाले पनि आत्मदाहको प्रयास गरेका छन् ।
पोखरा–१३ बस्दै आएका ती युवाले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका थिए । भाडामा बस्दै आएका युवा शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए ।
घटना थाहा पाउने बित्तिकै घरबेटी महिलाले आगो निभाउन गएकी थिइन् । आगो निभाउन जाँदा उक्त महिला पनि घाइते भएको प्रहरीले जनाएको छ ।
आत्मदाह प्रयास गरेका युवा र आगो निभाउन गएकी महिलालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
ती युवाले आत्मदाह प्रयास गर्नुका कारण भने अहिलेसम्म नखुलेको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ माघ १५ आइतवार १३:५८




















