धनकुटा महोत्सवमा भागदौड मच्चिदा २४ जना घाइते
वि.सं.२०७९ माघ १५ आइतवार ०७:५५
1.9K
shares
काठमाडौं: धनकुटा महोत्सवमा आयोजना भएको कन्सर्टमा भागदौड मच्चिदा २४ जना घाइते भएका छन् । घाइतेहरू मध्ये १६ जनाको धनकुटा अस्पतालमा र ८ जनाको धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धरानको बिपी प्रतिष्ठानमा उपचाररत दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । गम्भीर घाइते मध्ये एक जना बालक र एक महिला रहेको प्रहरीले जानकारी दिएको छ ।
करिब ३ हजार क्षमता रहेको स्थानमा धेरै दर्शकको भीड रहेको थियो । दुईतर्फको महोत्सवस्थलको गेट बन्द गरिएपछि बाहिर उल्लेख्य भीड बढेको थियो । अत्यधिक भीड रहेको बेला एकैपटक बन्द गरिएको गेटको ढोका खोल्दा थिचाथिच हुँदा घाइते भएको जनाइएको छ ।
उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव घटनापछि तत्काल सञ्चालनमा रोक लगाइएको छ ।
वि.सं.२०७९ माघ १५ आइतवार ०७:५५



















