नेपाली नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन जाने
वि.सं.२०७९ माघ १५ आइतवार ०८:१८
2.3K
shares
काठमाडौं: रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुर्नप्राप्तिमा लागि आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।
उनी आइतबार दिउँसो बबरमहलस्थित काठमाडौं जिप्रका जाने उनीनिकट स्रोत जनाएको छ । सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया नपुर्याएकाले लामिछानेको नेपाली नागरिकता कायम नरहेको फैसला गरेको थियो ।
यससँगै, उनले सांसद पद खारेज भएको थियो । यसपछि उनले उपप्रधान तथा गृहमन्त्रीसँगै सबै पद गुमाएका थिए ।
वि.सं.२०७९ माघ १५ आइतवार ०८:१८




















