YouTube Link

यस्तो छ नेपाल पत्रकार महासंघद्वारा ‘सुर्खेत घोषणा पत्र-२०७९’

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सम्पन्न भएको छ । महासंघको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिबार सम्पन्न भएको उक्त साधारणसभाले ‘सुर्खेत घोषणा-२०७९’ जारी गरेको छ ।

 

यस्तो छ: महासंघको केन्द्रीय साधारणसभाले जारी गरेको ‘सुर्खेत घोषणा-२०७९’

(१) नेपाल पत्रकार महासंघले नेपाली पत्रकारहरुको हकहितको पक्षमा दृढतापूर्वक उभिंदै मुलुकमा लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका लागि पैरवी गर्दै आएको छ । नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएका तीनै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याएका छैनन् । यसप्रति नेपाल पत्रकार महासंघको यो केन्द्रीय साधारणसभा गम्भीर चासो र चिन्ता व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीनै तहका सरकारलाई पुनः आग्रह गर्दछ । साथै, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न पनि माग गर्दछ ।

 

(२) इन्टरनेटका माध्यमको प्रयोग गरी प्रेस स्वतन्त्रता हनन्मा नयाँ चुनौतीहरू थपिएको सन्दर्भमा यो केन्द्रीय साधारणसभा आमपत्रकारहरुलाई सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग गर्न आग्रह गर्दछ । साथै, सम्वद्ध निकायहरुलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नमाथि कानूनी कारबाहीका लागि जोडदार माग गर्दछ ।

 

(३) मिडिया काउन्सिल, सूचना प्रविधि, सार्वजनिक सेवा प्रसारणसहितका विभिन्न सञ्चार कानूनहरू २०७४–२०७९ को संघीय संसदबाट निर्माण हुन नसक्नु दुःखद् विषय हो । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल विद्यमान कानूनमा सुधारसमेत भएन । तसर्थ, यो केन्द्रीय साधारणसभा संविधान अनुसारका सञ्चार कानूनहरू तत्काल निर्माण गर्न र पुराना कानूनहरूमा सुधार ल्याउन सम्बद्ध पक्षसँग जोडदार माग गर्दछ ।

 

(४) श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा तोकिएका सेवा सुविधाहरू अझैसम्म श्रमजीवी पत्रकारहरूले प्राप्त गर्न नसकेको यथार्थप्रति गहिरो चासो राख्दै यो साधारणसभा सो ऐन तथा नियमावलीको पूर्ण कार्यान्वयन तथा समसामयिक परिमार्जनसहित श्रम समस्या समाधानका लागि नेपाल सरकार र सम्वद्ध पक्षसँग माग गर्दछ । यसका साथै महासंघलाई ट्रेड यूनियन संस्थाका रुपमा सामूहिक सौदावाजीमार्फत श्रम अधिकार स्थापित गर्न निर्देश गर्दछ । यसका निम्ति श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको दबाबमूलक कार्यक्रम तथा कानूनी उपचारलाई अझ सशक्त बनाउन यो साधारणसभा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई निर्देश गर्दछ ।

 

(५) साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चार माध्यमको दीगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि हाल सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बृद्धि गर्न सरकारसँग माग गर्दै समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न यो साधारणसभा माग गर्दछ । साथै छापा प्रकाशनलाई डिजिटल माध्यममा रुपान्तरण गर्न चाहेमा निरन्तरता सहितको मान्यता प्रदान गर्न सरकारसँग माग गर्दछ ।

 

(६) श्रमजीजी पत्रकारको निःशुल्क उपचार, दुर्घटना र स्वास्थ्य बिमाका सम्बन्धमा विगतमा नेपाल सरकारले गरेका निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि यो साधारणसभा सरकारसँग जोडदार माग गर्दछ ।

 

(७) नेपाल पत्रकार महासंघका सदस्यको शुद्धीकरणलाई थप प्रभावकारी बनाउन यो साधारणसभाले विशेष प्रस्तावबाट गठन गरेको समितिलाई विधानको व्यवस्थाअनुरुप आगामी निर्वाचनमा कार्यान्वयन हुने गरी अद्यावधिक गर्न निर्देश गर्दछ ।

 

(८) मुलुकको बहुलता र विविधतालाई आत्मसात गर्दै सञ्चार प्रतिष्ठानहरूका विषयवस्तु र संरचनालाई लैंगिक, समावेशी र अपाङ्गतामैत्री एवं कार्यस्थललाई सुरक्षित बनाउन सबै सञ्चार प्रतिष्ठानहरुलाई आह्वान गर्दछ ।

 

(९) छापा, रेडियो, टेलिभिजनजस्ता सञ्चारमाध्यममा आएका चुनौती र नयाँ सञ्चारमाध्यमले ल्याएको अवसरलाई आत्मसात गर्ने गरी सञ्चारकर्मीका लागि पेशागत दक्षता र क्षमता अभिवृद्धि तथा वृत्ति–विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमहरूलाई अभियानकै रुपमा अघि बढाउन निर्देश गर्दछ ।

 

(१०) पत्रकार परिचयपत्र (सूचना विभागले जारी गरेको प्रेस पास) बाट बञ्चित हुँदा श्रमजीवी पत्रकारहरुलाई सूचनाको पहुँचसम्म पुग्नसमेत कठिनाइ भएकाले प्रेस पासको सहज उपलब्धताका लागि आवश्यक वातावरण बनाउन सम्वद्ध सबै निकायलाई अपिल गर्दछ ।

 

(११) नेपाल पत्रकार महासंघ संविधानसभाबाट नयाँ संविधान निर्माणसँगै त्यसको मर्मअनुसार संघीय संरचनामा जाने पहिलो संगठन भएको तथ्य जगजाहेर नै छ । यो साधारणसभा महासंघका विधानअनुरुप हरेक संरचनालाई स्वायत्त, क्रियाशील एवं सवल बनाउन प्रण गर्दछ ।

 

(१२) सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन तथा सेवा सुविधाका सन्दर्भमा प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्डलगायत विभिन्न सरकारी निकायमा अनावश्यक र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने अव्यवहारिक व्यवस्था तत्काल खारेज गर्न माग गर्दछ ।

 

(१३) पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दछ ।

 

(१४) सांस्कृतिक र पर्यटकीय रुपमा समृद्ध कर्णाली प्रदेशको पर्यटन, भाषा, कला र साहित्यको प्रचार एवं सम्वद्र्धनसँगै यस प्रदेशमा रहेका रारा ताल, शे–फोक्सुण्डो ताल, कुपिण्डे दह, काँक्रेबिहार, बुलबुले ताल, देउती बज्यैलगायतका सबै पर्यटकीय क्षेत्रको प्रचारप्रसार, सम्वद्र्धन, संरक्षण र आवश्यक पूर्वाधार विकासका लागि सबै तहका सरकारलाई यो केन्द्रीय साधारणसभा आह्वान गर्दछ । र, नेपाल पत्रकार महासंघ पनि त्यस अभियानमा विभिन्न रुपमा सहयोग गर्न तत्पर रहने प्रतिवद्धता जनाउँदछ ।

 

(१५) नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय जीवनबहादुर शाही, विभिन्न राजनीतिक दलका नेताहरू, स्थानीय निकायका जनप्रतिनिधि, पत्रकारसम्वद्ध विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरूका साथै देशभरका केन्द्रीय परिषद् सदस्यलाई यो साधारणसभा धन्यवाद ज्ञापन गर्दछ । साथै, आतिथ्यताका लागि नेपाल पत्रकार महासंघ सुर्खेत शाखा, संयोजनका लागि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका साथै सहयोगका लागि कर्णाली प्रदेश सरकार र स्थानीय तहहरुलाई धन्यवाद ज्ञापन गर्दछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

कम्युनिष्टकै बाटोमा कांग्रेस

कम्युनिष्टकै बाटोमा कांग्रेस

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:२०

काठमाडौं: कुनैपनि राजनीतिक दल स्थापना र सञ्चालनका निम्ति विचार, सिद्धान्त,...