YouTube Link

विश्वकपमा आज तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै

Facebook Link

 

काठमाडौं: कतार फिफा विश्वकप २०२२ को तेस्रो स्थानको लागि आज क्रोएसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछ । यी दुईबीचको खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

 

साविकको उपविजेता क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले तथा मोरक्को साविक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै फाइनल पुग्नबाट चुकेको थिए ।

 

अघिल्लो पटकको उपविजेता क्रोएसिया यसपाली तेस्रो बन्दै घर फर्कन चहान्छ । तर, त्यसको लागि क्रोएसियाले यस विश्वकपमा सनसनीपुर्ण प्रदर्शन गर्दै इतिहास बनाइसकेको अफ्रिकी राष्ट्र मोरक्कोको चुनौती पन्छाउनुपर्ने हुन्छ ।

 

क्रोएसिया सन् १९९८ को विश्वकपमा पनि तेस्रो भएको थियो । त्यसबेला क्रोएसियाले नेदरल्यान्ड्सलाई २–१ ले हराएको थियो । यसपटक मोरक्कोलाई हराएर त्यही नतिजा कायम गर्न चहान्छ ।

 

यता, मोरक्को पनि क्रोएसियालाई हराएर विश्वकपमा ऐतिहासिक तेस्रो पदक लिएर घर फर्कन चहान्छ । सनसनीपूर्ण प्रदर्शन गरेको मोरक्कोले समूह चरणको खेलमा क्यानडाविरुद्ध आत्मघाती गोलबाहेक सेमिफाइनलमा २ गोल खान पुग्यो ।

 

मोरक्कोले अफ्रिकाबाट सेमिफाइनल खेल्ने पहिलो टोलीको इतिहास बनाइसकेको छ । शनिबार क्रोएसियालाई हराउन सके मोरक्को विश्वकपमा तेस्रो हुने पहिलो अफ्रिकी राष्ट्र बन्नेछ । यसअघि अफ्रिकी टोली क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

 

यसअघि क्यामरुन (१९९०), सेनेगल (२००२) र घाना (२०१०) ले क्वाटरफाइनलसम्मको यात्रा मात्र तय गर्न सकेका थिए । मोरक्को त्यो भन्दा एक खुड्किलो माथि पुगेको हो । तेस्रो भए थप अर्को खुड्किलो माथि जानेछ । मोरक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा अन्तिम १६ सम्म पुगेको थियो ।

 

त्यसयता, मोरक्को विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन । सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरक्को समूह चरणबाटै बाहिरिएको थियो । तर, यसपटक मोरक्कोले बेल्जियम, क्यानडा, स्पेन र पोर्चुगलको चुनौती पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेर इतिहास रच्न सफल भइसकेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...