Texas College
YouTube Link

सन्दीप लामिछानेविरुद्ध पहिलो पटक जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि हिरासतमा राख्न अनुमति

Facebook Link

 

काठमाडौं: नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप लामिछानेविरुद्ध पहिलो पटक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ ।

 

न्यायाधीश दण्डपाणि न्यौपानेको इजलासले सन्दीपलाई हिरासतमा राख्न अनुमति दिएको हो । सोमबार बिहान १० बजे नै प्रहरीले सन्दीपलाई अदालतमा पुर्‍याएको थियो ।

 

पक्राउ परेको पाँचौँ दिनमा प्रहरीले सन्दीपलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । अदालतले पक्राउ परेको मितिबाट ७ दिन थुनामा राख्न अनुमति दिएको छ । सातौँ दिनमा सन्दीपलाई फेरि अदालतमा उपस्थित गराउन भनिएको छ ।

 

सोमबार बिहान ११ बजे न्यायाधीश इजलासमा उपस्थित भएसँगै सन्दीपको म्याद थप बारे कुरा भएको थियो । त्यसक्रममा सन्दीपका कानुन व्यवसायी पनि अदालतमा पुगेका थिए ।

 

सन्दीपका कानुन व्यवसायीले जाहेरी र अन्य कागजात हेर्न पाउनु पर्ने माग गरेका थिए । तर न्यायाधीशले जवाफ दिए, ‘ती कागजात म हेरौंला, तपाईंहरुलाई के छ भनौँला ।’

 

न्यायाधीशले जाहेरी र अन्य कागजात अध्ययन गरिसकेपछि त्यहाँ भएका मूलभुत कुराहरु जानकारी गराएका थिए । सन्दीपका कानुन व्यवसायीले इजलास समक्ष मुद्दाको छिटो टुंगो लगाइदिन आग्रह गरेका छन् ।

 

सन्दीप राष्ट्रिय क्रिकेट टिमको कप्तानसमेत (निलम्बित) रहेकाले मुद्दाको छिटो टुंगो लागेर निर्दोष ठहरिए करिअरमा फर्किएर राष्ट्रका लागि खेल्ने भएकाले प्राथमिकतामा राखेर छिटो टुंगोमा पुर्‍याइदिन लामिछानेका कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरेले आग्रह गरे ।

 

त्यसक्रममा न्यायाधीश न्यौपानेले सन्दीपलाई पनि केही भन्नु छ भनेर सोधेका थिए । सन्दीपले आफू निर्दोष रहेको बताउँदै सुनियोजित रुपमा फसाएको दाबी गरे ।

 

उनले न्यायाधी समक्ष भने, ‘यो सम्पुर्ण प्रक्रियाबाट मेरो आत्मा सम्मानमा चोट पुगेको छ । चरित्रहत्या गरिएको छ । ममाथि झुटा आरोप लगाइयो । यसको कुनै उपचार छ श्रीमान् ?’

 

जवाफमा न्यायाधीश न्यौपानेले भने, ‘तपाईंले मुद्दाको सुनुवाइका क्रममा ती कुरा उठाउन सक्नुहुन्छ । आज त म्याद थपको विषय मात्रै हो ।’

 

बुधबार फेरि अदालतमा उपस्थित गराउने गरी सन्दीपलाई प्रहरीले गौशला बृत्तको हिरासतमा लगेको छ । जिल्ला सरकारी वकिल कार्यालयको रोहबरमा सन्दीपको बयान आइतबारदेखि सुरु भइसकेको छ ।

 

सन्दीप गत बिहीबार कत्तारको दोहा हुँदै काठमाडौँ फर्किएका हुन् । प्रहरीलाई जानकारी गराएरै आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...