Texas College
YouTube Link

कोईराला पक्षको ‘एक्सन’पछि यस्तो आयो संस्थापनको ‘रियाक्सन’

Facebook Link

 

काठमाडौ: नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोईराला पक्षले समानुपातिकको बन्दसूचीलाई लिएर पार्टी कार्यालयमै धर्ना दिने बताईरहँदा पार्टीमा संस्थापन पक्षमा छटपटी शुरु भएको छ ।

 

पार्टी सभापति शेरबहादुर देउवाबिरुद्ध एक्सनमा उत्रिएका शेखर पक्षले खबरदारी सभाका साथै गुटगत भेला र पार्टी कार्यालयमै धर्ना दिने तयारी गरिरहँदा संस्थापन पक्षले भने त्यसको रियाक्सन जनाउने तयारी गरेको छ ।

 

शेखरपक्षले भ्रम फैलाएको भन्दै काउन्टर एट्याक्टको रुपमा आज संस्थापन पक्षले पत्रकार सम्मेलन गर्न लागेको हो । पार्टी मुख्यालय सानेपामा दिउसो ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी संस्थापन पक्षले गरेको छ ।

 

शेखर पक्षले ६० \४० को माग गर्दै विभिन्न खालको रणनीतिक कदम चालिरहेको छ । उनीहरुले पार्टी सभापति देउवालाई घुडा टेकाउनका लागि कदलम चालिरहँदा संस्थापनको यो कदमलाई पार्टीभित्र आन्तरिक समिकरण मिलाउनको लागि गरिएको कदमको रुपमा बुझिएको छ ।

 

असोज १४ गतेसम्म बन्दसूची नसच्याए कडा कदम चाल्ने कोइराला पक्षको चेतावनी छ । उसले १२ गते पार्टी कार्यालयमा धर्ना कार्यक्रम राखेको छ । शुक्रबारदेखि कोइराला पक्षले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन खबदारी भेला गर्दै आएको छ । चुनावको मुखमा पार्टीभित्र बखेडा झिक्ने काम भएको भन्दै संस्थापन पक्षले पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...