YouTube Link

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारमा सिफारिस

Facebook Link

गोरखा: नेकपा माओबादी केन्द्र गोरखाले क्षेत्र नम्बर १ बाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ को नाम उम्मेदवारमा सिफारिस गरेको छ ।

अध्यक्ष प्रचण्डको नाम प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस गरिएको हो । अध्यक्ष प्रचण्डसँगै क्षेत्र नम्बर १ मा नेता हरिराज अधिकारी (कुमार) र नेतृ सुशिला सिंखडाको नाम पनि सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा मगर, अमरबहादुर गुरुङ र परशुराम रम्तेलको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (ख) मा केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला इन्चार्ज कृष्ण धिताल, पार्टीका गण्डकी प्रदेश समितिका सचिव जगन्नाथ खनाल र गण्डकी प्रदेश समितिका सदस्य धुव्रकुमार भट्टको नाम सिफारिस गरिएको छ ।

उता प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा पार्टीका बरिष्ट उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पार्टीका केन्द्रीय सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य चुडामणी खड्का र लेखनाथ न्यौपानेको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (क) मा केन्द्रीय सदस्य खोपबहादुर कंडेल, कमला नहर्की र  प्रदेश समिति सदस्य धना तमुको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (ख) मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, बारपाक सुलिकोट गाउँ पार्टी अध्यक्ष नरबहादुर गुरुङ र नेता बासु पोखरेलको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।

माओबादी केन्द्रले जिल्ला अन्तर्गत संघ र प्रदेशका सबै क्षेत्रका लागि समानुपातिक तर्फका उमेद्वारको प्रस्तावित नामावलीको समेत टुङगो लगाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...