YouTube Link

घर नै नबनाएका आफ्नै भाइलाई तेस्रो किस्ता रकम भुक्तानीका लागि दिए पूर्व वडाअध्यक्ष न्यौपानेले सिफारिस

Facebook Link

ओखलढुंगा: ओखलढुंगास्थित खिजीदेम्बा गाउँपालिका वडा नम्बर ४ का पूर्व अध्यक्षले घर नै नबनाएकालाई तेस्रो किस्ता भुक्तानीका लागि सिफारिस दिएको खुलासा भएको छ ।

पूर्व वडा अध्यक्ष कमलप्रसाद न्यौपानेले घरको जग समेत नबनाएका आफ्नै सहोदर भाइ पूर्णप्रसाद न्यौपानेलाई तेस्रो किस्ताका लागि सिफारिस दिएको पाइएको छ ।

न्यौपानेले घर निर्माण त परै जाहोस् जग समेत खनेका छैनन् । तर उनले भुकम्प पीडित राहतको पहिलो र दोस्रो किस्ता प्राप्त गरी तेस्रो किस्ताका लागि सिफारिस समेत पाइसकेका छन् । उनले उक्त सुविधा आफ्ना दाजु वडाध्यक्ष भएकै कारणले पाएका हुन् ।

सञ्चारकर्मी समेत रहेका न्यौपानेलाई यो सुविधा लिनका लागि आवश्यक नै नरहेको गाउँहरु बताउँछन् । गाउँलेहरुका अनुसार उनी वास्तविक पीडित पनि होइनन् । न्यौपाने परिवारको अंशवण्डा पनि नभएको एक गाउँलेले बताए ।

तर यहि वडामा घर सम्पन्न गरेर पनि तेस्रो किस्ताका लागि वडा चक्करमा घुमिरेहका केही व्यक्तिहरु छन् ती मध्येका एकले पूर्व वडा अध्यक्षले व्यक्ति हेरेर काम गर्ने गरेको गुनासो गरे । ‘हामीले काम सम्पन्न गरि सक्दा पनि यो मिलेन त्यो मिलेन भनेर सिफारिस पाइएन’ नाम उल्लेख नगर्ने सर्तमा ति पीडितले भने, ‘उनका भाइले भने घर निर्माणको एक सिन्को नभाची रकम लिइरहेका रहेछन् ।’ पूर्ववडाध्यक्षका भाइले भने सजिलैसँग यो सुविधा पाउनुलाई सानालाई ऐन पहुँचवालालाई चैन भने झैं भएको उनले सुनाए ।

जानीजानी गल्ती गर्नेलाई कानुन बमोजिम कडा कारवाही हुनुपर्ने गाउँलेहरुको माग छ । न्यौपानेले भुकम्प पीडितको दोस्रो किस्ता लिइसकेकाले गाउँलेहरु भने घरै नबनाई कसरी पाए भनेर तीन छक्क परेका छन् ।

प्रमाणित कागजातहरुः

घर नै नबनाइ तेस्रो किस्ताको सिफारीसको कागज
गुनासो सुनाइबाट छनौट भएका नामावली
वदमासी पश्चात उन्मुक्तिका लागि गरेको प्रतिवद्धता निवेदन

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...