Rajshow Bivag

घर नै नबनाएका आफ्नै भाइलाई तेस्रो किस्ता रकम भुक्तानीका लागि दिए पूर्व वडाअध्यक्ष न्यौपानेले सिफारिस

Departmant of helth services

 

ओखलढुंगा: ओखलढुंगास्थित खिजीदेम्बा गाउँपालिका वडा नम्बर ४ का पूर्व अध्यक्षले घर नै नबनाएकालाई तेस्रो किस्ता भुक्तानीका लागि सिफारिस दिएको खुलासा भएको छ ।

 

पूर्व वडा अध्यक्ष कमलप्रसाद न्यौपानेले घरको जग समेत नबनाएका आफ्नै सहोदर भाइ पूर्णप्रसाद न्यौपानेलाई तेस्रो किस्ताका लागि सिफारिस दिएको पाइएको छ ।

 

न्यौपानेले घर निर्माण त परै जाहोस् जग समेत खनेका छैनन् । तर उनले भुकम्प पीडित राहतको पहिलो र दोस्रो किस्ता प्राप्त गरी तेस्रो किस्ताका लागि सिफारिस समेत पाइसकेका छन् । उनले उक्त सुविधा आफ्ना दाजु वडाध्यक्ष भएकै कारणले पाएका हुन् ।

 

सञ्चारकर्मी समेत रहेका न्यौपानेलाई यो सुविधा लिनका लागि आवश्यक नै नरहेको गाउँहरु बताउँछन् । गाउँलेहरुका अनुसार उनी वास्तविक पीडित पनि होइनन् । न्यौपाने परिवारको अंशवण्डा पनि नभएको एक गाउँलेले बताए ।

 

तर यहि वडामा घर सम्पन्न गरेर पनि तेस्रो किस्ताका लागि वडा चक्करमा घुमिरेहका केही व्यक्तिहरु छन् ती मध्येका एकले पूर्व वडा अध्यक्षले व्यक्ति हेरेर काम गर्ने गरेको गुनासो गरे । ‘हामीले काम सम्पन्न गरि सक्दा पनि यो मिलेन त्यो मिलेन भनेर सिफारिस पाइएन’ नाम उल्लेख नगर्ने सर्तमा ति पीडितले भने, ‘उनका भाइले भने घर निर्माणको एक सिन्को नभाची रकम लिइरहेका रहेछन् ।’ पूर्ववडाध्यक्षका भाइले भने सजिलैसँग यो सुविधा पाउनुलाई सानालाई ऐन पहुँचवालालाई चैन भने झैं भएको उनले सुनाए ।

 

जानीजानी गल्ती गर्नेलाई कानुन बमोजिम कडा कारवाही हुनुपर्ने गाउँलेहरुको माग छ । न्यौपानेले भुकम्प पीडितको दोस्रो किस्ता लिइसकेकाले गाउँलेहरु भने घरै नबनाई कसरी पाए भनेर तीन छक्क परेका छन् ।

 

प्रमाणित कागजातहरुः

घर नै नबनाइ तेस्रो किस्ताको सिफारीसको कागज
गुनासो सुनाइबाट छनौट भएका नामावली
वदमासी पश्चात उन्मुक्तिका लागि गरेको प्रतिवद्धता निवेदन

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
कतारका राजा अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँद

कतारका राजा अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय वार्ता हुँद

वि.सं.२०८१ वैशाख १२ बुधवार ०७:३९

  काठमाडौं: नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम...

हेर्नुहोस् आज २०८१ बैशाख १२ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १२ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १२ बुधवार ०७:१७

    मेष - Aries चु, चे, चो, ला, लि,...

जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसका लागि न्यूनिकरण सम्बन्धी साझा चासोको मुद्दामा सहकार्य गर्न जोड

जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसका लागि न्यूनिकरण सम्बन्धी साझा चासोको मुद्दामा सहकार्य गर्न जोड

वि.सं.२०८१ वैशाख ११ मंगलवार १८:१९

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने,...

राष्ट्रपति पौडेल र कतारका राजा अमिरबीच भेटवार्ता

राष्ट्रपति पौडेल र कतारका राजा अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:४२

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजा अमिर शेख...

राष्ट्रपतिद्वारा कतारका राजा अमिरलाई विमानस्थलमा स्वागत

राष्ट्रपतिद्वारा कतारका राजा अमिरलाई विमानस्थलमा स्वागत

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:१०

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका राजा अमिर...

कतारका राज अमिर शेख आज नेपाल आउँदै, यस्तो छ राजाको भ्रमण तालिका, सेनाले लिने छ सुरक्षाको नेतृत्व

कतारका राज अमिर शेख आज नेपाल आउँदै, यस्तो छ राजाको भ्रमण तालिका, सेनाले लिने छ सुरक्षाको नेतृत्व

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:००

  काठमाडौं: नेपालसँग कूटनीतिक, आर्थिक एवं जनसम्बन्ध समेत रहेको मित्रराष्ट्र...