YouTube Link

धानको महत्व र गरिमा संस्कृतिसँग

Facebook Link

 

काठमाडौं: असारको १५ अर्थात् धान दिवस नेपालमा बुधबार औपचारिक रुपमा १९औं धान दिवस मनाइदै छ । विश्वमा झण्डै चार अर्ब जनताको प्रमुख खाद्यान्न बाली चामल हो ।

 

धान उत्पादन गर्नेमध्येमा नेपाल १७ औं स्थानमा पर्छ । विश्वका ६४ देशमा धान रोपाइँ हुन्छ । नेपालीको प्रमुख खाद्यान्न बाली चामल हो ।

 

धानको महत्व र गरिमा संस्कृतिसँग पनि जोडिएको छ । असार १५ कै दिन नेपालमा दही चिउरा खाने प्रचलन पनि छ ।

 

नेपाल सरकारको विसं २०६१ मंसिर २९ को मन्त्रीस्तरीय घोषणले प्रत्येक वर्षको असार १५ लाई धान दिवस मनाउने निणर्य गरेपछि जनस्तरमासमेत स्थानीय कृषि सहकारी संस्था तथा अन्य समूहले पनि औपचारिक रुपले धान दिवस मनाउँदै आएका छन् ।

 

यस वर्ष धान दिवसको नारा ‘धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग’ भन्ने रहेको छ । सरकारी आँकडा अनुसार झण्डै ३१ लाख हेक्टर जमिन खेतीयोग्य रहेकामा ४७ प्रतिशत जमिनमा मात्र रोपाइँ हुन्छ ।

 

त्यसमध्ये तराई क्षेत्रले हिस्सा ७० प्रतिशतभन्दा बढी स्थान ओगटेको छ । कृषि तथा पशुपक्षी विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ ।

 

रोपाइँ गर्न प्रर्याप्त पानीको आवश्यकता पर्छ तर अझैसम्म ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । सिक्टा, महाकाली, बबई, रानी जमरा कुलरिया, र भेरी बबईलगायत राष्ट्रिय गौरवका सिँचाइ आयोजनाले पूर्णता पाउन सकेका छैनन् । नेपालमा अधिकांश स्थानमा धानखेती आकासे पानीमा निर्भर छ ।

 

वर्षा नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ । राष्ट्रिय योजना आयोगको तथ्याङ्क अनुसार कृषि क्षेत्रको कूल गार्हस्थ उत्पादन २७ प्रतिशत रहेकामा धानको योगदान ११ प्रतिशत छ ।

 

धानको उत्पादन घटेको वर्ष कूल गार्हस्थ उत्पादनमा गिरावट आउने र धानको उत्पादन बढेको वर्ष गार्हस्थ उत्पादनमा सकरात्मक सङ्केत देखिने गरेको छ ।

 

कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व रहेको जानकारी दिए । उनले भात खाने आदतमा परिवर्तन नगर्ने हो भने चामलको आयात रोक्न धानको उत्पादन वृद्धिको विकल्प नरहेको जानकारी दिए ।

 

विभागका अनुसार संसरमा झण्डै १७ करोड हेक्टर जमिनमा धान खेती हुन्छ । खाद्य एवं कृषि सङ्गठन (एफएओ) का अनुसार सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन हो ।

 

चीन पछि भारत, इन्डोनोेशिया, भियतनाम, थाइल्याण्ड बङ्गलादेश, म्यान्मार, , फिलिपिन्स, ब्राजिल, जापान, पाकिस्तान, कम्बोडिया, संयुक्तराज्य अमेरिका, दक्षिण कोरीया, मिश्रपछि नेपाल अर्थात नेपाल विश्वको १७औँ धान उत्पादन गर्ने देश रहेको बताइएको छ ।

 

नेपालमा चैते, बर्षे र घैंया, भदैया र हिउँदेधान खेती गरिन्छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर र सबैभन्दा धेरै धान उत्पादन हुने झापा जिल्ला हो । झापालाई सरकारले धान उत्पादनको सुपर जोन घोषण गरी लागू गरेको छ ।

 

हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ बाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्ष देखिको तथ्याङ्कलाई विशलेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोव्बरले वृद्धि गर्ने घोषण गरेको छ ।

 

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालको हालको जनसंख्या (झण्डै तीन करोड) जनतालाई पुर्‍याउन ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ तर नेपालको उत्पादन भने जम्मा ५३/५४ लाख मेट्रिक टनमा सीमित छ । धानको वैज्ञानिक नाम ओराइजा सटाइवा हो । धान गै्रमिनी (घाँस) प्रजाति अन्तर्गतको बाली हो ।

 

हाल नेपालले प्रतिवर्ष रु ३० अर्बको चामल आयात गर्दै आएको छ । नेपालीको क्रयशक्तिमा भएको बढोत्तरीका कारण पिठोको सट्टा चामल खाने आदत बढ्दै गएको छ । फलस्वरुप मसिना तथा बास्नादार (बास्मती) चामलको आयातमा वृद्धि हुँदै गएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूणर् अन्न बाली हो ।

 

धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिकरुपमा समेत महत्व छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ८२ जातका धानको विकास गरेको छ । जस्मा ४२ जात हाइब्रिडका छन् ।

 

नेपालमा अघिल्ले वर्षको तुलनामा शून्य दलमलव दुई छ प्रतिशतका दरले धानखेती वृद्धि भए पनि उत्पादन भने आठ दशमलव शून्य चार प्रतिशतले घटेको छ । क्षेत्रफल बढे पनि उत्पादन घट्नुमा किसानलाई समयमा रासायनिक मल तथा बीऊ तथा सिँचाइ सुविधा सहज नहुनु, युवा जनशक्ति खेती गर्नबाट पलायन हुनु, आदि कारणले धानको उत्पादनमा गिरावट आएको हो । नेपाल कृषि प्रधान देश हो । हाल ६२ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् ।

 

आज भन्दा ठीक ५४ वर्ष पहिले अर्थात विसं २०२५ मा झन्डै ९३ प्रतिशत जनता कृषि पेशामा संलग्न थिए । ५४ वर्षपछि कृषि पेशामा लाग्ने जनसङ्ख्या ३१ प्रतिशतले घटेको छ । सरकारले धान उत्पादन वृद्धिका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत धानबालीका लागि पकेट, ब्लक, जोन तथा सुपर जोन जस्ता विशिष्टकृत उत्पादन क्षेत्र निर्धारण गरी त्यस्ता उत्पादन क्षेत्रमा धानबालीको व्यवसायीकरण यान्त्रिीकीकरण तथा औद्योगिकीरणलाई प्रवर्द्धन गर्न विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...