बेपत्ता विमान खोज्न सेनाको एमआई-१७ हेलिकप्टर परिचालन, यी हुन् यात्रु र चालक दलका सदस्य
वि.सं.२०७९ जेठ १५ आइतवार १३:५५
4K
shares
काठमाडौं: तारा एयरलाइन्सको बेपत्ता विमान खोज्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टर जोमसोमका लागि उडेको नेपाल प्रहरीका प्रवक्ता विष्णु केसीले जानकारी दिए ।
उनका अनुसार यसअघि पोखराबाट गएको हेलिकप्टरले खराब मौसममा कारण विमानको अवस्था पत्ता लगाउन नसकेपछि अहिले सेनाको हेलिकप्टर पठाइएको जानकारी दिए ।
उनका अनुसार सम्भावित क्षेत्रमा स्थलमार्गबाट पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हराइरहेको तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा रहेको थियो ।
यी हुन् यात्रु र चालक दलका सदस्य
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
वि.सं.२०७९ जेठ १५ आइतवार १३:५५




















