Rajshow Bivag

नेपाली कांग्रेस ‘रामेछाप उमाकुण्ड-काठमाडौं तदर्थ समिति’ गठन (नामावली सहित)

Departmant of helth services

 

काठमाडौं: राजधानीमा शनिबार एक भव्य कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेस ‘रामेछाप उमाकुण्ड-काठमाडौं तदर्थ समिति’ गठन भएको छ ।

 

उमाकुण्ड गाउँपालिका घर भई काठमाडौंमा बसोबास गरी विभिन्न पेशा, रोजगार, व्यापार, व्यवसाय, अध्ययन, अध्यापन गर्दै आएका युवाहरुलाई समेटेर डम्बर बहादुर बस्नेतको सभापतित्वमा ८ पदाधिकारी सहित प्रत्येक वडाका ४ जना सदस्य रहने गरी ३६ सदस्यीय कार्यसमिति रहने गरी तदर्थ समिति गठन गरिएको हो ।

 

उमाकुण्ड गाउँपालिकाबाट धेरै युवाहरु काठमाडौं लगायत विभिन्न ठाउँमा गएर बस्ने र उनीहरुको राजनीति प्रतिको रुची हराउँदै गएकाले राजनीतिक चेतना बृद्धीका लागि नेपाली कांग्रेस काठमाडौं सम्पर्क तदर्थ समिति गठन गरिएको उमाकुण्ड गाउँपालिकाका कांग्रेस सभापति हिक्मत सुनुवारले बताए ।

 

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम)ले नव गठित तदर्थ समितिका सदस्यहरुलाई शुभ-कामना दिँदै आफूबाट हुने सक्दो साथ सहयोग रहने बताउँदै नेपाली कांग्रेसलाई अबको स्थानीय निर्वाचनमा पहिलो नम्बरको पार्टी बनाउन आग्रह गरे ।

 

यसैबीच नेपाली कांग्रेस उमाकुण्ड-काठमाडौं तदर्थ समितिमा आफूलाई पहिलो नेतृत्व गर्ने मौका दिएकोमा धन्यबाद व्यक्त गर्दै सभापति डम्बर बहादुर बस्नेतले नेपाली कांग्रेस बलियो र संगठित बनाउन सिंगो कार्यसमिति लाग्ने बताए ।

 

कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका कांग्रेस नेताहरु झपडराज भण्डारी, गेल्जे लामा शेर्पा, भिमसेन बस्नेत लगायत विभिन्न नेताहरुले आ-आफ्नो भनाई राख्दै नव गठित तदर्थ कार्यसमितिहरुलाई शुभ-कामना दिएका थिए ।

 

रामेछाप उमाकुण्ड-काठमाडौं तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नामावलीः

१. डम्बर बहादुर बस्नेत (सभापति)

२. आङ नुरी लामा शेर्पा (उप-सभापति)

३. कृष्ण कुमार कार्की (उप-सभापति)

४. टंक प्रसाद भण्डारी ‘दिनेश’ (सचिव)

५. केशाङ्ग गुरुङ (सचिव)

६. मनिराज आचार्य (सह-सचिव)

७. सरिता तामाङ (सह-सचिव)

८. राजेश सिं बराईली (कोषाध्यक्ष)

 

सदस्यहरु (वडा नम्बर १)

१. दिपेन्द्र बस्नेत

२. सुनिता खत्री

३. प्रदीप बस्नेत

४. दोर्जे शेर्पा

 

सदस्यहरु (वडा नम्बर २)

१. प्रल्हाद कार्की

२. हरि बहादुर बस्नेत

३. अस्मिता कार्की

४. अनिल बराईली

 

सदस्यहरु (वडा नम्बर ३)

१. उपेन्द्र घिमिरे

२. राजेन्द्र खड्का (जित सिं)

३. बासु कार्की

४. मा बहादुर महत

 

सदस्यहरु (वडा नम्बर ४)

१. रुपेश श्रेष्ठ

२. पदम बहादुर मगर

३. शेर बहादुर धमाल

४. मिन बहादुर सुनुवार

 

सदस्यहरु (वडा नम्बर ५)

१. अकबर सुनुवार

२. डली सुनुवार

३. बुद्ध सिं तामाङ

४. सुरज कार्की

 

सदस्यहरु (वडा नम्बर ६)

१. कुवीर खत्री

२. सुनिल श्रेष्ठ

३. रमेश कुमार सुनुवार

४. महेश कुमार सुनुवार

 

सदस्यहरु (वडा नम्बर ७)

१. मोहन कुमार सुनुवार

२. दिनेश कुमार सुनुवार

३. रोहित कुमार सुनुवार

४. रमिला सिं बराईली

Akhabar Nepal
Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...