YouTube Link

एमाले मधेशप्रेमी पार्टी हो: एमाले नेता बलम्पाकी

Facebook Link

 

बर्दिबास : एमाले केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकीले एमाले मधेशप्रेमी पार्टी भएको बताएका छन् ।

 

एमाले गौशला नगर कमिटीले आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रम तथा पार्टी प्रबेश कार्यक्रममा बोल्दै एमाले नेता बलम्पाकीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले मधेशमा गरेको विकास निर्माणको फेहरिस्त प्रस्तुत गर्दै एमाले मधेशप्रेमी भएको बताए ।

 

नेता बलम्पाकीले १३ अरब लगानीमा हुलाकी राजमार्ग पुनस्निर्माण , सदरमुकाम जोड्ने सडक , एसियाली रेलवे नेटवर्क , कोशी र गण्डकी योजना अन्तर्गत कलकत्ता सम्म पुग्ने गंगाधर जल यातायात ओली सरकारको मधेशलाई कोशेली स्वरूप उपलब्ध गराएको बताए ।

 

त्यस्तै सुनकोशी – मरिन – कमला डाईभर्सन ,जनता तटबन्धको योजना थालनी गरेकाले एमाले मधेशप्रेमी भएको प्रमाणित भएको जिकिर गरे ।

 

बलम्पाकीले भने – ‘ एमाले मधेश विरोधी भनेर भ्रम छर्नेहरू मधेश लक्षित एमालेको विकास देखेर दुलो भित्र छिरेकाछन् ।’

 

नेकपा  एमाले  मधेश प्रदेश सचेतक शारदादेवी थापाले अन्य पार्टीले झैँ एमालेले ब्यक्ति होईन समाज बनाउने बताएकी छन् ।

 

आज बुधबार महोत्तरीको गौशलामा आयोजित एमाले गौशला नगरकमिटीले आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान एंव पार्टी प्रबेश कार्यक्रममा बोल्दै सचेतक थापाले यस्तो बताएकी हुन् ।

 

चुनावका बेला विभिन्न राजनीतिक दलका उमेदवार विभिन्न आश्वशन लिएर मत माग्न आउने तर जितेपछी समाजलाई बिर्सेर आफू बन्ने गरेको उनको भनाई थियो ।

 

थापाले प्रश्न गर्दै भनिन् – तर एमालेले सुरू गरेको सामाजिक सुरक्षा भत्ता वितरण र अन्य सेवा सुविधामा कसैलाई पक्षपात गरेको तपाँईहरूलाई थाहा छ ? एमालेले कसैलाई पक्षपात गर्दैन । किनकी एमाले समाज बनाउन चहान्छ ।

 

एमालेलाई भोट हाल्न आग्रह गर्दै सचेतक थापाले भनिन् – समाज बनाउन सूर्य छापमा भोट हालौँ ।कार्यक्रममा एमाले प्रदेश सदस्य माधब श्रेष्ठले हालको सत्ता गठबन्धन अप्राकृतिक भएको बताए । उनले भने – एमसिसि काण्डले अहिलेको सत्ता गठबन्धन अप्राकृति भएको  प्रमाणित हुन्छ ।

 

त्यस्तै एमाले गौशला नगर कमिटी अध्यक्ष अजय कुशबाहले अघिल्लो चुनाव सम्म एमाले मधेश विरोधी भनेर चुनाव प्रचार गर्न गाउँ समेत ढुक्न नदिएको बताउँदै भने – तर अहिले एमालेको विकासप्रेमी पार्टी भनेर निर्धक्क गाउँगाउँमा संगठन बनाउन पाईन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...