YouTube Link

प्रसिद्ध धार्मिकस्थल मनकामना माईको दर्शन

Facebook Link

 

काठमाडौं: गोरखा जिल्लाको शहिद लखन गाउँपालिकामा अवस्थित मनकामना माईको मन्दिर महत्वपूर्ण शक्तिपीठ मानिन्छ । यहाँ दैनिक करिव तीन देखि चार हजार भक्तजनहरु मनकामनाको दर्शनका लागि पुग्ने गर्दछन् ।

 

Photo: akhabarnepal.com

 

विशेषगरी दशैँ, नागपञ्चमी, अष्टमी, गुठी पञ्चमी र वैशाख पञ्चमीका दिन पूजा गर्न आउने श्रद्धालु भक्तजनहरुको यहाँ ठूलो भीड लाग्ने गर्दछ ।

 

मनकामना माईको दर्शन गर्नाले मनले चिताएको इच्छा (मनोकांक्षा) पूरा हुने धार्मिक विश्वास रहि आएको छ । त्यसैले यो मन्दिर अत्यन्तै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको छ ।

 

Photo: akhabarnepal.com

 

प्यागोडा शैलीमा निर्मित मनकामना माईको पुरानो मन्दिर सत्रौँ शताब्दीमा बनेको मानिन्छ । शाह बंशका राजा र नेपाली जनताको साझा राष्ट्रिय इष्ट देवी मानिने भएकाले मनकामना विशिष्ट देवी भगवतीको रुपमा रहेको छ ।

 

मन्दिरमा नित्यपूजा विहान ७ बजेदेखि साँझ ६ बजेसम्म गरिन्छ । भित्री पूजा सकेर पूजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधारणको लागि पूजा सुरु हुन्छ ।

 

Photo: akhabarnepal.com

 

मनकामना मन्दिर गोरखा जिल्लाको सदरमुकाम पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिणपूर्वी भागमा अवस्थित छ । समुद्री सतहदेखि १३०३ मिटरको उचाइमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतिर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनासलु हिमालका चुचुराहरु देख्न सकिन्छ ।

 

Photo: akhabarnepal.com

 

Photo: akhabarnepal.com
X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...