YouTube Link

प्रसिद्ध धार्मिकस्थल मनकामना माईको दर्शन

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: गोरखा जिल्लाको शहिद लखन गाउँपालिकामा अवस्थित मनकामना माईको मन्दिर महत्वपूर्ण शक्तिपीठ मानिन्छ । यहाँ दैनिक करिव तीन देखि चार हजार भक्तजनहरु मनकामनाको दर्शनका लागि पुग्ने गर्दछन् ।

 

Photo: akhabarnepal.com

 

विशेषगरी दशैँ, नागपञ्चमी, अष्टमी, गुठी पञ्चमी र वैशाख पञ्चमीका दिन पूजा गर्न आउने श्रद्धालु भक्तजनहरुको यहाँ ठूलो भीड लाग्ने गर्दछ ।

 

मनकामना माईको दर्शन गर्नाले मनले चिताएको इच्छा (मनोकांक्षा) पूरा हुने धार्मिक विश्वास रहि आएको छ । त्यसैले यो मन्दिर अत्यन्तै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको छ ।

 

Photo: akhabarnepal.com

 

प्यागोडा शैलीमा निर्मित मनकामना माईको पुरानो मन्दिर सत्रौँ शताब्दीमा बनेको मानिन्छ । शाह बंशका राजा र नेपाली जनताको साझा राष्ट्रिय इष्ट देवी मानिने भएकाले मनकामना विशिष्ट देवी भगवतीको रुपमा रहेको छ ।

 

मन्दिरमा नित्यपूजा विहान ७ बजेदेखि साँझ ६ बजेसम्म गरिन्छ । भित्री पूजा सकेर पूजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधारणको लागि पूजा सुरु हुन्छ ।

 

Photo: akhabarnepal.com

 

मनकामना मन्दिर गोरखा जिल्लाको सदरमुकाम पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिणपूर्वी भागमा अवस्थित छ । समुद्री सतहदेखि १३०३ मिटरको उचाइमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतिर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनासलु हिमालका चुचुराहरु देख्न सकिन्छ ।

 

Photo: akhabarnepal.com

 

Photo: akhabarnepal.com
X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...