YouTube Link

गठबन्धन छुटेपछि एमालेको साथ, देउवालाई गर्लान त प्रचण्ड-नेपालले घात ?

World Cup 2026
Facebook Link

 

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीको विषयमा अहिलेसम्म मुख खोलेको छैन ।

 

एमसीसी संसदमा पेश हुँदा समेत अहिले एमाले मुकदर्शक बनेर बसिरहेको छ । एमालेले कुनै प्रतिकृया दिएको छैन ।

 

एमसीसीको विषयमा सत्ता गठबन्धनकै दलमा रहेका सांसदहरुले एमसीसी संसदमा पेश भएकै दिनमा चर्को नाराबाजी गरेका थिए ।

 

एमसीसी संसदमा पेश हुँदै गर्दा सधै सदन अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेका सांसद भने मौन देखिएका थिए । अझ भनौ सत्तारुढ दलकै विरोधलाई मनोरन्जनात्मक रुपमा हेर्दै बसिरहेका थिए ।

 

सत्तारुढ दलमध्ये नकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी  पार्टीका नेताहरुले एमसीसीको विषयमा खुलेरै बिरोध गरिरहेका छन् ।

 

उनीहरुले एमसीसी संसदबाट पास हुनुअगाबै सरकारबाट बाहिरिनुपर्ने दबाब पार्टी नेतृत्वलाई दिदै आईरहेको छ ।

 

तर, पार्टी नेतृत्व भने पर्ख र हेरको अवस्थामा रहेको छ । उनीहरुले प्रधानमन्त्री देउवालाई धम्काएरै तर्साउने दाउमा रहेका छन् ।

 

सरकारमै रहेर प्रधानमन्त्री देउवालाई गलाउने पक्षमा उनीहरु देखिन्छन् । तथापी अहिले नै घात गर्छन वा सहकार्य त्यो गर्भमै लुकेको छ ।

 

केही समय मौन रहेको एमालेले अब मुख खोल्न थालेको छ । अब एमालेले गठबन्धन तोडे एमसिसीमा सहयोग गर्न सक्ने संकेत दिएको छ ।

 

हुन त यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर  भेट्दा नै ग्रिन सिग्नल पाएका थिए । तर, त्यो कुरा बाहिर आएको थिएन ।

 

तर, अहिले बिस्तारै एमालेले मुखै खोलेर गठबन्धन छुटे एमसीसीमा एमालेले सघाउने बताएको छ । एमालेका युवा नेता एवम् पूर्वमन्त्री समेत रहेका महेश बस्नेतले आज मुखै फोरेर गठबन्धन छुटे एमालेले एमसीसीमा एमालेले साथ दिने बताएका छन् ।

 

यद्यपी उनले ठोस रुपमा सहयोग गर्ने बचन चाही दिएका छैनन् । उनले अहिले भएको गठबन्धन छुटपछि एमालेले आफ्नो धारणा बनाउने बताएका छन् ।

 

बस्नेतले एमसीसी सबैभन्दा बढी बिबादमा आउनुमा माओवादीका नेता पुष्प कमल दाहाल(प्रचण्ड) र नेकपा समाजवादीका माधवकुमार नेपाल बढी जिम्मेवार भएको बताएका छन् ।

 

बस्नेतले भने- ‘यता पनि ठिक्क र उता पनि ठिक्क हुने प्रचण्ड तथा नेपालको शैलीका कारण आज नेपाल विवादित बन्न पुगेको छ, दुई जनाका कारण नेपालको सार्वभौम सत्तामाथि आँच आउन थालेको छ, यसको जिम्मेवारी उनीहरूले नै लिनु पर्दछ ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...