Rajshow Bivag

गठबन्धन छुटेपछि एमालेको साथ, देउवालाई गर्लान त प्रचण्ड-नेपालले घात ?

Departmant of helth services

 

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसीको विषयमा अहिलेसम्म मुख खोलेको छैन ।

 

एमसीसी संसदमा पेश हुँदा समेत अहिले एमाले मुकदर्शक बनेर बसिरहेको छ । एमालेले कुनै प्रतिकृया दिएको छैन ।

 

एमसीसीको विषयमा सत्ता गठबन्धनकै दलमा रहेका सांसदहरुले एमसीसी संसदमा पेश भएकै दिनमा चर्को नाराबाजी गरेका थिए ।

 

एमसीसी संसदमा पेश हुँदै गर्दा सधै सदन अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेका सांसद भने मौन देखिएका थिए । अझ भनौ सत्तारुढ दलकै विरोधलाई मनोरन्जनात्मक रुपमा हेर्दै बसिरहेका थिए ।

 

सत्तारुढ दलमध्ये नकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी  पार्टीका नेताहरुले एमसीसीको विषयमा खुलेरै बिरोध गरिरहेका छन् ।

 

उनीहरुले एमसीसी संसदबाट पास हुनुअगाबै सरकारबाट बाहिरिनुपर्ने दबाब पार्टी नेतृत्वलाई दिदै आईरहेको छ ।

 

तर, पार्टी नेतृत्व भने पर्ख र हेरको अवस्थामा रहेको छ । उनीहरुले प्रधानमन्त्री देउवालाई धम्काएरै तर्साउने दाउमा रहेका छन् ।

 

सरकारमै रहेर प्रधानमन्त्री देउवालाई गलाउने पक्षमा उनीहरु देखिन्छन् । तथापी अहिले नै घात गर्छन वा सहकार्य त्यो गर्भमै लुकेको छ ।

 

केही समय मौन रहेको एमालेले अब मुख खोल्न थालेको छ । अब एमालेले गठबन्धन तोडे एमसिसीमा सहयोग गर्न सक्ने संकेत दिएको छ ।

 

हुन त यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर  भेट्दा नै ग्रिन सिग्नल पाएका थिए । तर, त्यो कुरा बाहिर आएको थिएन ।

 

तर, अहिले बिस्तारै एमालेले मुखै खोलेर गठबन्धन छुटे एमसीसीमा एमालेले सघाउने बताएको छ । एमालेका युवा नेता एवम् पूर्वमन्त्री समेत रहेका महेश बस्नेतले आज मुखै फोरेर गठबन्धन छुटे एमालेले एमसीसीमा एमालेले साथ दिने बताएका छन् ।

 

यद्यपी उनले ठोस रुपमा सहयोग गर्ने बचन चाही दिएका छैनन् । उनले अहिले भएको गठबन्धन छुटपछि एमालेले आफ्नो धारणा बनाउने बताएका छन् ।

 

बस्नेतले एमसीसी सबैभन्दा बढी बिबादमा आउनुमा माओवादीका नेता पुष्प कमल दाहाल(प्रचण्ड) र नेकपा समाजवादीका माधवकुमार नेपाल बढी जिम्मेवार भएको बताएका छन् ।

 

बस्नेतले भने- ‘यता पनि ठिक्क र उता पनि ठिक्क हुने प्रचण्ड तथा नेपालको शैलीका कारण आज नेपाल विवादित बन्न पुगेको छ, दुई जनाका कारण नेपालको सार्वभौम सत्तामाथि आँच आउन थालेको छ, यसको जिम्मेवारी उनीहरूले नै लिनु पर्दछ ।’

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:०८

  काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको...

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२४

  काठमाडौं: प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका...

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...