६७ देशबाट नेपाल आउनेले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने (विज्ञप्तिसहित)
वि.सं.२०७८ पुस ३ शनिवार ०८:५०
2.6K
shares
काठमाडौं: कोरोनाको पछिल्लो भेरिएन्ट ओमिक्रोन फैलिन नपाओस् भनेर सरकारले ६७ देशबाट नेपाल आउने यात्रुलाई अनिवार्य ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाएको छ ।
अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया तथा धेरैवटा युरोपेली मुलुकसहित ६७ देशबाट नेपाल आउनेहरूले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने मापदण्ड तोकेको हो ।
विज्ञप्ति अनुसार ७ दिन होटल क्वारेन्टिन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ ।
रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वारेन्टिन बस्नुपर्नेछ ।
तर नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस् विज्ञप्तीः
वि.सं.२०७८ पुस ३ शनिवार ०८:५०



















