च्याम्पियन्स लिगको पहिलो लेगमा लिभरपुल पराजित
वि.सं.२०७६ फागुन ७ बुधवार ०७:५३
1.2K
shares
एजेन्सीः च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा एट्लेटिको मड्रिडसँग लिभरपुल पराजित भएको छ । मंगलबार राति भएको खेलमा साविक विजेता लिभरपुललाई घरेलु टोली एट्लेटिकोले १–० गोल अन्तरले हराएको हो ।
साउल निगुएजले खेलको चौथो मिनेटमा गरेको गोल एट्लेटिकोको लागि पहिलो लेगको खेलमा अग्रता दिन निर्णायक बन्यो । दोस्रो लेगको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । लिभरपुलले खेलमा दुई राम्रा गोलको अवसर प्राप्त गरेको थियो । तर मोहमद सलाहा र जोडन हेन्डरसन गोलमा चुकेका थिए । एट्लेटिको पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ । खेलको चौथो मिनेटमा साउलले दिलाएको अग्रताले घरेलु टोली दोस्रो लेगमा बलियो अवस्थामा पुगेको छ । दोस्रो लेगको खेल मार्च ११ मा हुनेछ ।
वि.सं.२०७६ फागुन ७ बुधवार ०७:५३



















