च्याम्पियन्स लिगमा पीएसजीमाथि बोरुसिया डर्टमण्डको जित
वि.सं.२०७६ फागुन ७ बुधवार ०७:५२
1.1K
shares
एजेन्सीः बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा डर्टमण्डले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो । गत जनवरीमा जर्मन क्लब डर्टमण्ड आएका हालाण्डले च्याम्पियन्स लिगमा समेत गोल गर्ने गतिलाई निरन्तरता दिएका छन् ।
पहिलो हाफ दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए । १९ बर्षका नर्वेजियन खेलाडीले दोस्रो हाफको खेलमा प्रभाव जमाउन सफल रहे । गत जनवरीमा डर्टमण्ड आएका हालाण्डले ७ खेलमा ११ गोल गर्न सफल रहे । हालाण्डले ६९ औ मिनेटमा गोल गर्दै बोरुसिया डर्टमण्डलाई अग्रता दिलाएका थिए । पीएसजीका नेयमारले ७५औ मिनेटमा पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए । लगत्तै दुई मिनेटपछि ब्यक्तिगत दोस्रो गोल गर्दै हालाण्डले डर्टमण्डकालागि विजयी गोल गरे । करिब चार खेलको बिश्रामपछि केलियन एम्बाप्पे समेत मैदान फर्किएका थिए । तर हालाण्डको प्रभावका अगाडी पीएसजी पहिलो लेगको खेलमा फिक्का रह्यो । दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा मार्च ११ मा हुनेछ ।
वि.सं.२०७६ फागुन ७ बुधवार ०७:५२



















