स्पेनिस ला लिगामा रियल र सेल्टाले खेले बराबरी
वि.सं.२०७६ फागुन ५ सोमवार ०९:०८
1.5K
shares
एजेन्सीः स्पेनिस ला लिगामा रियल मड्रिड सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । आईतबार राती भएको खेलमा सेल्टाका लागि सान्टी मिनाले खेल सकिनु पाँच मिनेटअघि गोल गरेपछि एक गोलको अग्रता लिएको रियल मड्रिड अंक बाँढ्न बाध्य भएको हो ।
बराबरीपछि ला लिगा अंक तालिकामा रियल मड्रिडले जम्मा एक अंकको अग्रता लिएको छ । २४ खेलबाट रियलले ५३ अंक बनाएको छ भने दोस्रो स्थानको बार्सिलोनाको ५२ अंक छ । सेल्टा भने २१ अंकसहित १७औं स्थानमा छ ।
मड्रिडस्थित सान्टियागो बर्नाबाउमा भएको खेलको सातौं मिनेटमा फेडोर स्मोलोभले गोल गर्दै सेल्टालाई अग्रता दिलाएका थिए । त्यसपछि टोनी क्रुजले गोल गर्दै ५२औं मिनेटमा रियललाई बराबरीमा ल्याए । ६५औं मिनेटमा रियलले पेनाल्टी पायो । सो पेनाल्टीलाई सर्जियो रामोसले गोलमा परिणत गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको सेल्टाका लागि दोस्रो मिनेटमा नै मिनाले गोल गर्दै खेल बराबरीमा पुयाए ।
वि.सं.२०७६ फागुन ५ सोमवार ०९:०८




















