YouTube Link

कश्मीर मामिला समाधान गर्न राष्ट्रसंघले गरेको आग्रह भारतद्वारा अस्वीकार

Facebook Link

एजेन्सीः कश्मीर मामिला समाधान गर्न पाकिस्तानसँग वार्ताका लागि संयुक्त राष्ट्रसंघले गरेको आग्रह भारतले अस्वीकार गरेको छ । पाकिस्तानको चार दिने भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले वार्तामार्फत कश्मीरको समस्या समाधान गर्न गरेको आग्रह भारतले अस्वीकार गरेको हो ।

इस्लामावादमा पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले दुई मुलुकबीच जारी तनावलाई लिएर राष्ट्रसंघ चिन्तित रहेको भन्दै संयमतापूर्वक तनाव कम गर्न आग्रह गरेका थिए । महासचिव गुटेर्रेसले राष्ट्रसंघको बडापत्र र सुरक्षा परिषद्को प्रस्तावअनुसार नै संवादमार्फत शान्ति र स्थिरतासम्म पुग्न सकिने भन्दै यो मामिलामा पहल गर्न आफु तयार रहेको बताए । तर यसका लागि दुई देश सहमत हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

यता भारतले भने महासचिव गुटेर्रेसको पहललाई खारेज गरिदिएको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता रवीश कुमारले भारतको धारणामा कुनै बदलाव नआएको जनाएका छन् । उनले जम्मू-कश्मीर भारतको अभिन्न अंग रहेको र यसलाई पाकिस्तानले जर्बजस्ती कब्जा गरेको भन्दै यो मामिलामा आफुहरुलाई कुनै पनि मध्यस्थता जरुरी नरहेको बताएका छन् । प्रवक्ता रवीशले भारतमा आतंकवाद फैलाउनबाट रोक्न राष्ट्रसंघले पाकिस्तानलाई दबाव दिनुपर्नेमा जोड दिए । महासचिवमा निर्वाचित भएपछि गुटेर्रेसको पाकिस्तानको पहिलो भ्रमण हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...