स्पेनिस लिगमा लेभान्तेमाथि बार्सिलोनाको जित
वि.सं.२०७६ माघ २० सोमवार ०९:०४
1.1K
shares
एजेन्सीः बार्सिलोनाले स्पेनिस लिगमा लेभान्तेलाई हराएको छ । आईतबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा लेभान्तेलाई २–१ ले पराजित गर्यो । बार्सिलोनाका जितमा युवा स्टार फातीले दुवै गोल गरे । जितसंगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसंग अंक दुरी घटाएको छ । बार्सिलोना ४६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।
शीर्ष स्थानको रियलको ३ अंकको अग्रता छ । लेभान्ते २६ अंक सहित तालिकाको १३ औं स्थानमा छ । खेलको ३० औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । लगत्तै अर्को मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा लेभान्तेका रुबेन रोचिनाले एक गोल फर्काए । लेभान्तेले गत नोभेम्बरमा बार्सिलोनालाई घरेलु मैदानमा ३–१ ले हराएको थियो ।
वि.सं.२०७६ माघ २० सोमवार ०९:०४



















