Texas College
YouTube Link

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आठौँ चरणका खेल आजबाट सुरु

Facebook Link

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आठौँ चरणका खेल आजबाट सुरु हुँदैछन् । आजको पहिलो खेलमा लिगको दाबेदार मछिन्द्र र पुलिस आमने सामने हुदैछन् । खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।

मछिन्द्रको ७ खेलबाट १३ अंक रहेको छ । ४ जित २ बराबर र १ हारको नतिजा सहित तेस्रो स्थानमा छ । लिगमा ७ खेल खेलेको पुलिसको ११ अंक रहेको छ । पुलिस ३ जित, २ बराबरी र २ हारको नतिजा सहित तालिकाको छैटौ स्थानमा छ ।

तीन खेलाडीको आगमनसँगै मछिन्द्रको प्लेईङ सेट बलियो हुने अनुमान गरिएको छ । पुलिसविरुद्ध मछिन्द्रले स्ट्राइकर विशाल राई ‘ए’ लाई पनि खेलाउनेछ । मछिन्द्र क्लबले आफ्ना तीन खेलाडीको आगमनमा पुन टिमले गति लिने विश्वास लिएको छ ।

विराज महर्जनको कप्तानीमा रहेको मछिन्द्रले गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एक अंक ऋण बोकेर मछिन्द्रले लिगको सुरुवात गरेको थियो । यता, पुलिस पनि लय गुमाएर दबाबमा आएको मछिन्द्रलाई हल्का नलिने सोचमा छ । भेट्रान खेलाडी जुमानु राई, भोला सिलवाल, सुमन सुवेदी, रविन श्रेष्ठको साथ पाएको पुलिसले हाल राष्ट्रिय टिमका सदस्य रवि पासवान, तेज तामाङ र अजित भण्डारीलाई मुख्य खेलाडि छन् ।

पुलिसविरुद्ध जित हात पार्दै मछिन्द्रलाई शीर्ष स्थानमा उक्लने मौका छ । यस्तै मछिन्द्रलाई हराउँदै पुलिस दोस्रो स्थानमा उक्लिन चाहन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...