Texas College
YouTube Link

अष्ट्रेलियामाथि भारतले जित्यो अन्तिम एकदिवसीय क्रिकेट सिरिज

Facebook Link

एजेन्सीः भारतले अष्ट्रेलिया विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । बैंगलोरमा भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ७ विकेटको जित निकाल्दै भारतले सिरिज २-१ ले जितेको हो । अष्ट्रेलियाले दिएको २ सय ८७ रनको लक्ष्य भारतले ४७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

भारतको जितमा रोहित शर्माले १ सय १९ रनको शतकीय इनिङ्स खेले । उनको यो करियरको २९ औं एकदिवसीय शतक हो । यस्तै कप्तान विराट कोहलीले ८९ रनको अर्धशतकीय इनिङ्स खेल्दा श्रेएस आयरले अविजित ४४ रन बनाए । अष्ट्रेलियाका जोश हाजलउड, अश्टन अगर र एडम जाम्पाले समान १-१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८६ रन बनाएको थियो । अष्ट्रेलियाको लागि स्टिभ स्मिथले १ सय ३१ रनको शतकीय इनिङ्स खेले । यस्तै मार्नुसले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा एलेक्स केरीले ३५ रन बनाए । भारतका मोहमद शामीले ४ विकेट लिए । रबिन्द्र जडेजाले २ विकेट लिए । सिरिज अन्तर्गत पहिलो खेल अष्ट्रेलियाले १० विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै भारतले सिरिज १-१ को बराबरी गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...