टोटेनहम र वाटफोर्डले बराबरी खेल्दै अंक बाँढे
वि.सं.२०७६ माघ ५ आइतवार ०७:५५
1.2K
shares
एजेन्सीः इन्ग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहमले बराबरी खेलेको छ । शनिबार राती भएको खेलमा वाटफोर्डको घरेलु मैदानमा टोटेनहमले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु टोलीका ट्रोय डेनीको पेनाल्टी प्रहार असफल बनेपछि टोटेनहम हारबाट जोगिन पुग्यो ।
वाटफोर्डसंग बराबरी खेल्दै टोटेनहमले लिगमा अपराजित यात्रालाई ७ खेलमा पुर्याएको छ । बराबरी नतिजासंगै टोटेनहमले २३ खेलबाट ३१ अंक जोडेको छ । वाटफोर्ड २३ अंक जोड्दै रेलिगेशन जोन भन्दा मात्र दुई स्थानमा माथि छ ।
वि.सं.२०७६ माघ ५ आइतवार ०७:५५



















