सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल
वि.सं.२०७६ माघ ४ शनिवार ०९:२२
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैछ । पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र पुलिस क्लबबीचको खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
दुवै टिम जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ । पुलिस ६ खेलमा २ खेलमा जित, २ मा हार, २ बराबरी सहित ८ अंक जोडेर तालिकाको सातौ स्थानमा छ । जावलाखेल २ खेलमा जित, १ मा हार र ३ बराबरी सहित ९ अंक जोडेर पाँचौ स्थानमा छ ।
आजै हुने दोस्रो खेलमा लिगकै ठुलो क्लब मानिने मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालामा हुनेछ । उपाधि होडमा रहेका दुवै टिमलाई जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर छ । मनाङ ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक जोडेर तेस्रो स्थानमा छ । थ्री स्टार ६ खेल मध्य ३ मा जित, २ हार र १ बराबरी सहित १० अंक जोडर तालिकाको चौथो स्थानमा छ । शीर्ष स्थानको आर्मीको १३ अंक रहेको छ । मछिन्द्रलाई गोल अन्तरमा पछाडी पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।
वि.सं.२०७६ माघ ४ शनिवार ०९:२२