YouTube Link

पीएसजी फ्रेन्च लिग कपको सेमिफाईनलमा प्रवेश

Facebook Link

एजेन्सीः पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबारराति भएको खेलमा मौरो ईकार्डीको ह्याट्रिकको सहयोगमा पीएसजीले १० खेलाडीमा सिमित सेन्ट एटिनलाई ६–१ गोल अन्तरले पाखा लगाएको हो ।

खेलको दोस्रो मिनेटमै ईकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । वेस्ले फोफाना ३१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि सेन्ट एटिन १० खेलाडीमा सिमित बनेको थियो । ३९ औं मिनेटमा नेयमारले पीएसजीको अग्रता दोब्बर बनाए । जेसी मौलिनले ४४ औं मिनेटमा आत्मघाति गोल गरेपछि पीएसजी ३–० ले अघि बढेको थियो ।

ईकार्डीले ४९ औं मिनेटमा पीएसजीका लागि ब्यक्तिगत दोस्रो गोल गरे । केलियन एम्बाप्पेकै पास सदुपयोग गर्दै ५७ औ मिनेटमा उनले ह्याट्रिक पुरा गरे । त्यसपछि ईकार्डीको पासको सदुपयोग गर्दै एम्बाप्पेले ६७ औ मिनेटमा पीएसजीलाई ६–० ले अघि बढाए । ७१ औं मिनेटमा सेन्ट एटिनीको लागि योहान काबायीले सान्त्वना गोल गरे । पीएसजीको जितसंगै फ्रेन्च कपमा सेमिफाईनल पुग्ने चार टिमको टुङ्गो लागेको छ । प्रतियोगितामा पीएसजीसंगै स्टेड रेम्स, लियोन र लिलीले अन्तिम ४ मा स्थान पक्का गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...