पक्राउ परेका १२२ चिनियाँ नागरिक देश निकाला, दुईवटा विमानमा राखेर चीन पठाइयो
वि.सं.२०७६ पुस २४ बिहीवार ०७:५६
1.3K
shares
काठमाडौं: नेपालमा बसेर चीन विरुद्ध शंकास्पद गतिविधि गरेको अभियोगमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई नेपालले देश निकाला गरेको छ । उनीहरु सबैलाई चीनबाट आएका विशेष विमान मार्फत चीन पठाइएको हो ।
काठमाडौंका बिभिन्न बृतमा राखिएका उनीहरुलाई कडा सुरक्षा घेराबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको थियो । त्यसपछि चीनबाट आएका दुई वटा विमानमा राखेर उनीहरुलाई चीन पठाइएको हो । अध्यागमन विभागले उनीहरुलाई चार वर्षसम्म नेपाल प्रवेशमा रोक लगाउँदै देश निकाला गर्ने निर्णय गरेको थियो । नेपालमा बसेर चीनमा विभिन्न अपराधमा संलग्न भएको आरोपमा यही पुस ७ गते उनीहरु पक्राउ परेका थिए ।
पर्यटक भिसामा नेपाल आएका उनीहरु सवैसंग ट्राभल डकुमेन्ट समेत नरहेको खुलेको थियो । नेपाल प्रहरीको सीआइबीले उनीहरुलाई पक्राउ गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारमा सामान्य जरिवाना गर्दै अध्यागमन विभागलाई जिम्मा लगाएको थियो । सुरक्षा अधिकारीका अनुसार ताइवान, हङकङ, भियतनाम, कम्बोडियालगायतका देशमा बसेर चिनियाँहरुले चीन विरोधी गतिविधि गरेर चिनिया अर्थतन्त्रमा ठूलो नोक्सानी पुर्याएको आरोप चीन सरकारले लगाउँदै आएको छ ।
चीन सरकारको आग्रहमा केन्या, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, थाइल्याण्ड, बर्मुडा, मलेसिया, फिलिपिन्स, अष्ट्रेलिया, कम्बोडिया र दक्षिण अमेरिकाबाट हजारौं चिनियाँलाई पक्राउ गरेका छन् ।
वि.सं.२०७६ पुस २४ बिहीवार ०७:५६




















