YouTube Link

टोटनहमलाई हराउँदै पिएसजी बन्यो सुपर कप च्याम्पियन

Facebook Link

एजेन्सीः पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले टोटनहमलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै युइएफए सुपर कप जितेको छ । यो जितसँगै पिएसजीको २०२५ को आफ्नो पाँचौं उपाधि हो । फ्रेन्च क्लबले खेलको अन्तिम क्षणमा नाटकीय कमब्याक गर्दै यो जित हात पारेको हो ।

 

स्टाडियो फ्रिउली (उडिने) मा भएको च्याम्पियन्स लिग र युरोपा लिगका विजेताबीचको वार्षिक प्रतियोगिताको ८५औं मिनेटसम्म टोटनह्याम २-० गोलले अघि थियो । तर, पीएसजी अन्तिम क्षणमा खेलमा फर्किन सफल भएको हो । खेल सकिन केही सेकेन्ड मात्र बाँकी हुँदा टोटनहम जित नजिक पुगेको थियो । तर पिएसजीका वैकल्पिक खेलाडी गोंकालो रामोसले इन्ज्युरी समयको चौथो मिनेटमा हेडमार्फत बराबरी गोल गर्दै खेललाई पेनाल्टीमा पुर्‍याए ।

 

पेनाल्टीमा पिएसजीका भिटिन्हाले पहिलो प्रहार बाहिर हाने । तर टोटनहमका लागि पहिलो गोल गरेका मिकी भ्यान डे भेनको पेनाल्टी प्रयास पिएसजी गोलरक्षक लुकास शेभालिएरले रोकिदिए । टोटनहमा माथिस टेलले पनि सट बाहिर हाने । त्यसपछि नुनो मेन्डेसले दबाबको क्षणमा पेनाल्टीमा गोल गर्दै युरोपियन च्याम्पियन पिएसजीलाई जित दिलाए । टोटनह्यामले तीन महिनाभित्र दोस्रो युरोपियन उपाधि जित्ने मौका गुमायो ।

 

मे महिनामा युरोपा लिग फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराएर उपाधि जिताएपछि तत्कालीन प्रशिक्षक एन्ज पोस्टेकोग्लु १६ दिनमै बर्खास्त भएका थिए । त्यसपछि टोटनहम सम्हालेका थोमस फ्राङ्कको पहिलो प्रतिस्पर्धात्मक खेल हो । इटालीको उदिनमा भएको खेलको ३९औं मिनेटमा भ्यान डे भेनको गोलमा टोटनहमले अग्रता लिएको थियो । उनले रोबाउन्डमा गोल गरेका थिए ।

 

गियानलुइजी डोनारुम्मालाई बाहिर राख्दै पहिलो रोजाइमा गोल पोस्ट सम्हालेका शेभालिएरले दोस्रो हाफको सुरुवात मै अर्को गोलको सामना गर्नुपरेको थियो ।  खेलको ४८औं पेड्रो पोरोको फ्रि-किकपछि क्रिस्टियन रोमेरोको हेड मार्फत गोल गर्दै टोटनहमको अग्रता २-० बनाएका थिए । जुलाईमा अमेरिकामा भएको क्लब विश्वकपको फाइनलमा चेल्सीसँग पराजित भएको पिएसजी एक साता अघि मात्र प्रशिक्षणमा फर्केका थिए । त्यसका बाबजुद पनि पिएसजीले शानदार पुनरागमन गर्न सफल रहेको थियो ।

 

खेलको ८५औं मिनेटमा पिएसजीका ली काङ-इनले २० यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याएका थिए । त्यसपछि रामोसले इन्ज्युरी समयमा नाटकीय गोल गर्दै खेललाई पेनाल्टीमा पुर्‍याएका थिए र टोली च्याम्पियन बनेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...