YouTube Link

सेभेन्स पुरुष राष्ट्रिय रग्वी प्रतियोगिता-२०८१ चितवनमा हुँदै

World Cup 2026
Facebook Link

काठमाडौं: गोर्खाली रग्वी क्लबको आयोजनामा यहि फागुन १६ र १७ गते चितवनको भरतपुर महानगरपालिका-७ स्थित कृष्णपुर रंगशालामा गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय रग्वी प्रतियोगिता-२०८१ गोर्खाली रग्वी सेभेन्स ट्रफी आयोजना गर्ने भएको छ ।

 

गोर्खाली रहित दुई विभागीय टिम नेपाल आर्मी तथा एपीएफ सहित ५ प्रदेशको सहभागिता रहनेछ । गोर्खाली रग्वी क्लब नेपाल रग्वी संघमा २०७४ सालदेखि आवद्ध रहेर नेपाल रग्वी संघले आयोजना गरेको विभिन्न रष्ट्रिय प्रतियोगिता जुनियर तथा सिनयर सेभेन्स ‘ए’ साइड तथा फिफ्टिन ‘ए’ साईड रग्वी प्रतियोगितामा सहभागी भई यू-१८, यू-२० साथै राष्ट्रिय सेभेन्स ‘ए’ साइड प्रतियोगिताका साथै गत वर्ष नेपाल रग्वी संघको आयोजनामा भएको फिफ्टिन ‘ए’ साईड रग्वी प्रतियोगितामा विजयी बन्न सफल भएको क्लब हो ।

 

यस क्लबले कर्णाली रग्वी संघ र गोर्खालीबीच दुई वर्षका लागि सहकार्य गरि कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा स्वयमसेवक प्रशिक्षक गरी प्रदेशलाई २ वर्षमा यू-१४, यू-१८, यू-२० र सिनियरमा राष्ट्रिय प्रतियोगितामा समेत प्रथम बनाउन सफल भईसकेको छ । यस क्ल्बले आजसम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेको र गरिरहेको छ । हाल नेपालको सेभेन्स र फिफ्टिन्स साईडमा यस क्लबबाट १२ जना खेलाडीहरु नेपालको राष्ट्रिय टिममा रहेका छन् ।

 

राष्ट्रिय खेलकुद परिषद, भरतपुर महानगरपालिका, प्रदेश खेलकुद विकास परिषद बागमती लगाएत अन्य विभिन्न संघ संस्था व्यक्तिहरुको सहयोगमा प्रतियोगिता संचालनका साथ सम्पन्न हुने विश्वास क्लबका अध्यक्ष हरेराम रोहित कार्कीले बताएका छन् । प्रतियोगितामा मेडिकल पार्टनरमा चितवन मेडिकल कलेज,  ट्राभल्स पार्टनर होलिडे ट्रिप नेपाल प्रा.लि., ईन्टरनेट पार्टनर टेकमिड नेटवर्क चितवन, हस्पिलिटी पार्टनर अंकुराम एकेडेमी चितवन, क्लोथिङ पार्टनर थ्रेड गार्मेन्ट ईमाडोलका साथै एलआईसी कर्पोरेशन (नेपाल) लि., राइट पाथ करियर काउन्सलिङ्ग काठमाण्डौ, एसिटी एजुकेशन एण्ड भिषा सर्भिसेज, चितवन, एभिन्यु एजुकेशन कन्सल्टेन्सिी काठमाण्डौ, माइती रिसोर्ट किर्तिपुर, त्यसैगरि उत्कृष्ठ गोर्खाली सेभेन्स प्रतियोगिताका प्लेयरलाई भर्दना काउचरबाट इटालिएन सुट १ सेट उपलब्ध गराउने आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा सहभागी टिमलाई आयोजकको तर्फबाट होटल तथा एक तर्फी यातायात खर्च आयोजकले व्यहोर्नेछ ।

 

 

प्रतियोगिता लिग चरणमा हुने प्रतियोगितामा कुल १३५ पुरुष खेलाडीको सहभागिता रहनेछ भने अफसियल, मेडिक टिम, स्वयमसेवक गरी कुल १६५ जनाको सहभागिता रहनेछ । प्रतियोगितामा विजेता टिमले नगद दुई लाख सहित ट्रफी, मेडल तथा प्रमाण-पत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद एक लाख सहित मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् ।

 

नेपालमा हालसम्म भएको रग्वी प्रतियोगितामा नगद पुरस्कार सहितको यो नै पहिलो प्रतियोगिता रहेका क्लबका सचिव प्रेम कोइरालाले बताएका छन् । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्नको लागि २१ लाख बराबरको खर्च रहनेछ । प्रतियोगिताले नेपाल सरकार, राष्ट्रिय खेलकुद पषिदको आयोजनामा सुर्खेतमा हुन गईरहेको १०औँ राष्ट्रिय प्रतियोगिताको तयारीको लागी समेत सहयोग पुग्ने जनाएका छन् । क्लबका अध्यक्ष रोहित कार्कीका अनुसार यस प्रतियोगितालाई विषेशतय गोर्खाली रग्वी सेभेन्स ट्रफीलाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार गराउने उद्देश्यका साथ दोश्रो संस्करणको प्रतियोगिता विदेशी टिमलाई समेत सहभागी गराउने जनाईएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...