YouTube Link

एनआरटी सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश

Facebook Link

काठमाडौं: कप्तान अन्जन विष्टको उत्कृष्ट दुई गोलको मद्दतले न्यू रोड टिम एनआरटीले फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै  सभापति कपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

 

दशरथ रंगशालामा आइतबार सम्पन्न चौथो क्वाटरफाइनलमा एनआरटीका लागि कप्तान अन्जनले दुई गोल र रिचार्ड विल्सनले एक गोल गरे । फ्रेन्ड्सका लागि विवेक पौडेलले सान्त्वना गोल फर्काए । पहिलो हाफमा एनआरटीका लागि कप्तान अन्जनले २३औं मिनेटमा एन्जल महर्जनको पासमा पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै टिमलाई अग्रता दिलाए ।

 

त्यसको पाँच मिनेटपछि अन्जनले व्यक्तिगत दोस्रो गोल गरे । कृतिश रत्न छुन्जुको क्रसलाई अन्जनले हेडरमार्फत उत्कृष्ट गोलमा परिणत गरे । दोस्रो हाफको सुरुवातमै रिचार्ड विल्सनले एनआरटीलाई ३-० को अवस्थामा पुर्‍याए ।

 

 

नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको सभापति कप फुटबल प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने छ भने उप विजेता टोलीले १३ लाख नगद रुपैयाँ पाउनेछ । यसैगरी प्रत्येक खेलमा प्लेयर अफ दी म्याचले १५ हजार रुपैयाँ पाउने छन् । लामो समयदेखि रङ्गशालामा शीर्ष क्लबका खेलहरू नभइरहेका बेला सभापति कप आयोजना हुनुलाई खेलाडी एवं खेल समर्थकमा भने उत्साह थपिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...