YouTube Link

जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश

Facebook Link

काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई हराउँदै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा आज भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो ।

 

जनकपुरले दिएको १४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा विनोद भण्डारीले सर्वाधिक ५८ रन जोडे । उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । एनपिएलमा आफ्नो पहिलो अर्धशतक विनोदले ४१ बलमा पूरा गरे । पहिलो विकेटका लागि सेफ अलि जेबसँग मिलेर ५६ रनको साझेदारी गरेका थिए ।

 

जेब २१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । जेब किशोर महतोको बलमा जेम्स निशमद्वारा समातिए । दोस्रो विकेटका लागि ब्रेण्डन मक्मुलनसँग मिले विनोदले ५९ रनको साझेदारी गरे । मक्मुलनले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । मक्मुलन ललितनारायण राजवंशीको बलमा जेम्स निशमबाट बाउन्ड्रिमा समातिए ।

 

दशौं ओभरको तेस्रो बलमा मक्मुलनले जीवनदान पाएका थिए । जेम्स निशमले पाएको कट एण्ड बोल्डको अवसरलाई सदुपयोग गर्न सकेनन् । त्यस समय उनले ७ रन जोडेका थिए । जनकपुरका लागि किशोर महतो र ललितनारायण राजवंशीले समान १ विकेट लिए । तेस्रो विकेटका लागि भण्डारी र कप्तान दीपेन्द्र सिंह ऐरीले नट आउट २६ रनको साझेदारी गरे । कप्तान दीपेनद्रले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गरेको थियो ।

 

जनकपुका लागि जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्धशतकबाट ५ रनले चुक्दै निशम स्कट कुग्गेलेइनको बलमा बोल्ड हुन पुगे । शुभ कसांकार २४ बलमा २६ रन बनाउँदै रन आउट भए । शुभ हर्ष ठाकरसँग रन लिनेक्रममा तालमेल नमिल्दा आउट हुन पुगे । कप्तान अनिल शाहको अनुपस्थितीमा ओपन गर्न आएका लाहिरु मिलन्था १४ बलमा २ चौकाको सहयोगमा १२ रनमा आउट भए । तेस्रो ओभरको पाँचौ बलमा मिलन्था सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा एलबिडब्लु आउट भए ।

 

नियमित कप्तान अनिलको स्थानमा टोलीको कप्तानी गरिरहेका आसिफ शेख १० बलमा २ चौकाको सहयोगमा ११ रन जोड्दै आउट भए । कप्तान आसिफ छैठौं ओभरको पाँचौ बलमा सेफ अलि जेबबाट बोल्ड आउट भए । हर्ष ठाकर १४ बलमा १२ रन बनाउँदै सेफ अलि जेबको बलमा आउट भए । अरनिको यादव २० बलमा ११ रन जोड्दै दीपेन्द्रको बलमा एलबिडब्लु भए । मोहम्मद मोहसिन ६ बलमा ३ रन बनाउँदै कप्तान दीपेन्द्रको बलमा एलबिडब्लु भए ।

 

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३, सेफ अलि जेबले २ तथा अभिनास बोहोरा र स्कट कुग्गेलेइनले १ विकेट लिए । लिग चरणको खेलमा समेत सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । विजेता सुदूरपश्चिमले पहिलो संस्करणको एनपिएलको फाइनलमा स्थान बनाएको छ । पराजित टोलीले जनकपुरले फाइनल प्रवेशका लागि अर्को मौका पाउँने छ ।

 

भोलि हुने दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्स र जनकपुरले खेल्नेछन् । दोस्रो क्वालिफायरको विजेता र सुदूरपश्चिम उपाधिका लागि शनिबार खेल्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...