Health Ad
YouTube Link

रामेछापको उमाकुण्डमा भुजी लिग फुटबल प्रतियोगिता २०८१ हुँदै

Khanepani Dhal
Facebook Link

रामेछापः विजया दशमी तथा दिपावलीको पावन अवसरमा रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीमा ‘भुजी लिग फुटबल प्रतियोगिता-२०८१’ हुने भएको छ । प्रतियोगितामा सहभागी हुनका लागि टिम दर्ता यहि असोज ३ गतेदेखि असोज २९ गते अपरान्ह ४ बजेसम्म रहेको आयोजक फुटबल क्लव भुजीका अध्यक्ष शुभराज सुनुवारले जानकारी गराए । अध्यक्ष सुनुवारका अनुसार प्रतियोगितामा १६ टोलीले मात्र सहभागी हुन पाउनेछन् ।

 

प्रतियोगितामा सहभागी हुनका लागि टिम दर्ता शुल्क रु. ६ हजार र कार्ड डिपोजिट रु. दुई हजार गरी जम्मा आठ हजार बुझाउनुपर्नेछ । टिम दर्तापछि प्रतियोगितामा सहभागी १६ टिमहरुको टाईसिट प्रकाशन कात्तिक १ गते अपरान्ह २ बजे हुनेछ । भुजी लिगको औपचारिक उदघाटनसत्र कात्तिक २ गते शुक्रबार विहान ११ बजे हुनेछ भने लिगको उदघाटन खेल दिउँसो २:३० बजे हुने क्लबका अध्यक्ष सुनुवारले बताए ।

 

भुजी लिग फुटबल प्रतियोगिताका विजेताले स्वर्ण पदक र रनिङ शिल्ड सहित नगद एक लाख २६ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै लिगको उपविजेताले रजत पदक सहित नगद ६३ हजार २६ रुपैयाँ प्राप्त गर्नेछ भने तृतीय हुने टिमले कास्य पदक सहित नगद ३० हजार २६ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै लिग फुटबल प्रतियोगितामा सहभागी टोलीले  सान्त्वना पुरुस्कार स्वरुप नगद रु. १० हजार २६ रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष शुभराज सुनुवारले जानकारी गराए ।

 

उमाकुण्ड गाउँपालिकाको भुजीस्थित अमृत घामछायाँ खेल मैदानमा हुने लिग विजेता टिमले १ केजी चाँदी र २४ क्यारेट सुनको जलपयुक्त भुजी लिग रनिङ शिल्डको ट्रफी लान लगातार तेस्रो प्रतियोगितासम्म विजेता हुनुपर्ने क्लवका अध्यक्ष शुभराज सुनुवारले जानकारी गराए । लिग फुटबल प्रतियोगितामा उत्कृष्ट गोल रक्षकलाई ट्रफी, उत्कृष्ट रक्षकलाई ट्रफी, सर्वाधिक गोलकर्तालाई ट्रफी र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रफी वितरण गरिनेछ भने सेमिफाईनदेखि फाईनलसम्मका खेलहरुमा उत्कृष्ट खेलाडि छनौट गरी म्यान अफ दि म्याच घोषित खेलाडिलाई आकर्षक पुरुस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सांस्कृतिक प्रस्तुती, विभिन्न जातजातिको झाँकी प्रदर्शन, भेट्रान तथा महिलाको खेलहरु समेत प्रदर्शन हुनेछ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...