YouTube Link

रामेछापको उमाकुण्डमा भुजी लिग फुटबल प्रतियोगिता २०८१ हुँदै

Facebook Link

रामेछापः विजया दशमी तथा दिपावलीको पावन अवसरमा रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीमा ‘भुजी लिग फुटबल प्रतियोगिता-२०८१’ हुने भएको छ । प्रतियोगितामा सहभागी हुनका लागि टिम दर्ता यहि असोज ३ गतेदेखि असोज २९ गते अपरान्ह ४ बजेसम्म रहेको आयोजक फुटबल क्लव भुजीका अध्यक्ष शुभराज सुनुवारले जानकारी गराए । अध्यक्ष सुनुवारका अनुसार प्रतियोगितामा १६ टोलीले मात्र सहभागी हुन पाउनेछन् ।

 

प्रतियोगितामा सहभागी हुनका लागि टिम दर्ता शुल्क रु. ६ हजार र कार्ड डिपोजिट रु. दुई हजार गरी जम्मा आठ हजार बुझाउनुपर्नेछ । टिम दर्तापछि प्रतियोगितामा सहभागी १६ टिमहरुको टाईसिट प्रकाशन कात्तिक १ गते अपरान्ह २ बजे हुनेछ । भुजी लिगको औपचारिक उदघाटनसत्र कात्तिक २ गते शुक्रबार विहान ११ बजे हुनेछ भने लिगको उदघाटन खेल दिउँसो २:३० बजे हुने क्लबका अध्यक्ष सुनुवारले बताए ।

 

भुजी लिग फुटबल प्रतियोगिताका विजेताले स्वर्ण पदक र रनिङ शिल्ड सहित नगद एक लाख २६ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै लिगको उपविजेताले रजत पदक सहित नगद ६३ हजार २६ रुपैयाँ प्राप्त गर्नेछ भने तृतीय हुने टिमले कास्य पदक सहित नगद ३० हजार २६ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै लिग फुटबल प्रतियोगितामा सहभागी टोलीले  सान्त्वना पुरुस्कार स्वरुप नगद रु. १० हजार २६ रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष शुभराज सुनुवारले जानकारी गराए ।

 

उमाकुण्ड गाउँपालिकाको भुजीस्थित अमृत घामछायाँ खेल मैदानमा हुने लिग विजेता टिमले १ केजी चाँदी र २४ क्यारेट सुनको जलपयुक्त भुजी लिग रनिङ शिल्डको ट्रफी लान लगातार तेस्रो प्रतियोगितासम्म विजेता हुनुपर्ने क्लवका अध्यक्ष शुभराज सुनुवारले जानकारी गराए । लिग फुटबल प्रतियोगितामा उत्कृष्ट गोल रक्षकलाई ट्रफी, उत्कृष्ट रक्षकलाई ट्रफी, सर्वाधिक गोलकर्तालाई ट्रफी र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रफी वितरण गरिनेछ भने सेमिफाईनदेखि फाईनलसम्मका खेलहरुमा उत्कृष्ट खेलाडि छनौट गरी म्यान अफ दि म्याच घोषित खेलाडिलाई आकर्षक पुरुस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सांस्कृतिक प्रस्तुती, विभिन्न जातजातिको झाँकी प्रदर्शन, भेट्रान तथा महिलाको खेलहरु समेत प्रदर्शन हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...