YouTube Link

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक

Facebook Link

काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै मञ्चले वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक विधाका समान ५–५ जनाको मनोनयन सार्वजनिक गरेको हो ।

 

जस अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीमा अनन्त तामाङ (फुटबल), रोहितकुमार पौडेल (क्रिकेट), दीपेन्द्रसिंह ऐरी (क्रिकेट), मोहम्मद शेखु आलम (कराते) र सुवास तामाङ (गल्फ) मनोनित भएका छन् । त्यस्तै वर्षको उत्कृष्ट महिला खेलाडीमा एरिका गुरुङ (कराते), मेनुका राजवंशी (कबड्डी), रुबिना क्षेत्री (क्रिकेट), सावित्रा भण्डारी (फुटबल) र सन्तोषी श्रेष्ठ (एथलेटिक्स) मनोनयनमा परेका छन् । त्यस्तै युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनीरा थापा (टेनिस) परेका छन् । भने वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) पर्न सफल भएका छन् । मनोनयनमा परेका ५ जनामध्येबाट अवार्डकै दिन विजेता घोषणा गरिने मञ्चका महासचिव प्रज्वल ओलीले बताए ।

 

यस पटक पिपल्स च्वाइस विधाको मनोनयनमा भने गुलसन झा (क्रिकेट), कविता भट्ट (भलिबल), मानमती विष्ट (कबड्डी), प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) परेका छन् । स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन भदौ २८ गते हुने मञ्चले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...