YouTube Link

लिग च्याम्पियन चर्च ब्वाइज प्लेअफका लागि तयार, भुटानको लिग च्याम्पियन पारो एफसीको सामना गर्दै

Facebook Link

ललितपुर: एएफसी च्यालेन्ज लिग फुटबलको प्लेअफका लागि नेपालको शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबले आफ्नो तयारी पूरा भएको जनाएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै च्यालेन्ज लिगको प्लेअफका लागि टोली तयारी रहेको क्लबले जनाएको छ ।

 

चर्च ब्वाइजले दशरथ रंगशालामा आगामी साउन २९ गते भुटानको लिग च्याम्पियन पारो एफसीको सामना गर्दैछ । खेल साँझ ६ बजे शुरु हुनेछ । क्लबका अध्यक्ष रुबेन राईले लामो समयपछि नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेल आयोजना हुनु गौरवको विषय भएको बताए । धेरै पछि दशरथ रंगशालामा हुन लागेकाले यसमा दर्शकको उपस्थिति उल्लेख्य रहने उनको विश्वास छ ।

 

क्लबका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी च्यालेन्ज लिगको प्ले अफका लागि आफ्नो तवरबाट तयारी पूरा भएको बताएका छन् । साउन १ गते प्रशिक्षण थालेको टिमले छोटो समयमै राम्रो तयारी गरिरहेको उनले बताए । उनले विपक्षी भुटानी टोली पारो एफसी पनि उत्तिकै राम्रो भएकाले सो खेल प्रतिस्पर्धात्मक हुने बताए ।

 

प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्यूनतम १ लाख अमेरिकी डलर प्राप्त गर्नेछ । सो खेलका लागि रंगशालाको साधारण प्यारापिटतर्फको टिकट २०० र भीआईपी प्यारापिटको ५०० रुपैयाँ निर्धारण गरिएको छ । चर्च ब्वाइज अनन्त तामाङको कप्तानी र एरिक विष्टको उपकप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको छ ।

 

चर्च ब्वाइजको टोलीः

गोलरक्षक: दीप कार्की, टिकेन्द्र थापा, रेम्बोकुमार चौधरी

 

डिफेण्डर: अनन्त तामाङ (कप्तान), करिम ओमोलाजा नुरेन, योगेश गुरुङ, सनिश श्रेष्ठ, एकराज बुढाथोकी, सौभाग्य राई, छिरिङ लामा ।

मिडफिल्डर: एरिक विष्ट (उपकप्तान), पिटर बान्डा, सन्तोष खत्री, विवेक पौडेल, रोहन कार्की, लकेन लिम्बु, मनिष झर्गा ।

फरवार्ड: अञ्जन विष्ट, आयुश घलान, मासेस ग्याबह ट्वाम, निरज चौधरी, सञ्जीव विष्ट, आदित्य शाक्य ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...