YouTube Link

अष्ट्रिलियासँग स्कटल्यान्ड पराजित, इङ्ल्यान्ड सुपर ‘एट’ मा प्रवेश

World Cup 2026
Facebook Link

 

एजेन्सी: जारी आइसिसी टि-२० विश्वकप अन्तर्गत आईतबार विहान भएको खेलमा अष्ट्रेलियाले स्कटल्यान्डलाई हराएपछि इङ्ल्यान्ड सुपर ‘एट’ मा प्रवेश गरेको छ ।

 

अष्ट्रेलियाले स्कटल्यान्ड माथि ५ विकेटको जित निकालेसँगै इङ्ल्यान्ड नेट रन रेटका आधारमा स्कटल्यान्डभन्दा अगाडि रहँदै अन्तिम आठमा स्थान पक्का भएको हो । गएराति अर्को खेलमा इङ्ल्यान्डले डकवर्थ लुइसका आधारमा नामिबियालाई ४१ रनले पराजित गरेको थियो । सो नतिजापछि सुपर एट पुग्न इङ्ल्यान्डका लागि अष्ट्रेलियाको जित आवश्यक थियो । अन्तिम ओभरसम्म पुगेको खेलमा अष्ट्रेलियाले जित हासिल गर्यो ।

 

अष्ट्रेलियाले समूह ‘बी’मा सबै ४ खेल जित्दै शीर्ष स्थानमा रह्यो । इङ्ल्यान्ड र स्कटल्यान्ड दुवैको ५-५ अंक भएपनि इङ्ल्यान्ड नेट रन रेटमा अघि रहँदै दोस्रो चरणमा प्रवेश गर्यो । स्कटल्यान्डले दिएको १८१ रनको लक्ष्य अष्ट्रेलियाले २ बल बाँकी छँदा पूरा गरेको थियो । अष्ट्रेलियाको जितमा ट्राभिस हेडले ४९ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६८ रन बनाए । मार्कस स्टोईन्सले २९ बलमा ९ चौका र २ छक्का सहित ५९ रन जोडे । टिम डेविड २४ रनमा अविजित रहे ।स्कटल्यान्डका मार्क वाट र सफ्यान शरिफले २-२ विकेट लिए ।

 

त्यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । स्कटल्यान्डका ब्रेन्डन मकमलनले ३० बलमा सर्वाधिक ६० रन बनाए । रिचि बेरिङटनले ४२ तथा जर्ज मुन्सीले ३५ रन जोडे ।अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २ तथा एस्टन एगर, नेथन एलिस र एडम जाम्पाले १-१ विकेट लिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...