YouTube Link

अष्ट्रिलियासँग स्कटल्यान्ड पराजित, इङ्ल्यान्ड सुपर ‘एट’ मा प्रवेश

Facebook Link

 

एजेन्सी: जारी आइसिसी टि-२० विश्वकप अन्तर्गत आईतबार विहान भएको खेलमा अष्ट्रेलियाले स्कटल्यान्डलाई हराएपछि इङ्ल्यान्ड सुपर ‘एट’ मा प्रवेश गरेको छ ।

 

अष्ट्रेलियाले स्कटल्यान्ड माथि ५ विकेटको जित निकालेसँगै इङ्ल्यान्ड नेट रन रेटका आधारमा स्कटल्यान्डभन्दा अगाडि रहँदै अन्तिम आठमा स्थान पक्का भएको हो । गएराति अर्को खेलमा इङ्ल्यान्डले डकवर्थ लुइसका आधारमा नामिबियालाई ४१ रनले पराजित गरेको थियो । सो नतिजापछि सुपर एट पुग्न इङ्ल्यान्डका लागि अष्ट्रेलियाको जित आवश्यक थियो । अन्तिम ओभरसम्म पुगेको खेलमा अष्ट्रेलियाले जित हासिल गर्यो ।

 

अष्ट्रेलियाले समूह ‘बी’मा सबै ४ खेल जित्दै शीर्ष स्थानमा रह्यो । इङ्ल्यान्ड र स्कटल्यान्ड दुवैको ५-५ अंक भएपनि इङ्ल्यान्ड नेट रन रेटमा अघि रहँदै दोस्रो चरणमा प्रवेश गर्यो । स्कटल्यान्डले दिएको १८१ रनको लक्ष्य अष्ट्रेलियाले २ बल बाँकी छँदा पूरा गरेको थियो । अष्ट्रेलियाको जितमा ट्राभिस हेडले ४९ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६८ रन बनाए । मार्कस स्टोईन्सले २९ बलमा ९ चौका र २ छक्का सहित ५९ रन जोडे । टिम डेविड २४ रनमा अविजित रहे ।स्कटल्यान्डका मार्क वाट र सफ्यान शरिफले २-२ विकेट लिए ।

 

त्यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । स्कटल्यान्डका ब्रेन्डन मकमलनले ३० बलमा सर्वाधिक ६० रन बनाए । रिचि बेरिङटनले ४२ तथा जर्ज मुन्सीले ३५ रन जोडे ।अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २ तथा एस्टन एगर, नेथन एलिस र एडम जाम्पाले १-१ विकेट लिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...