नेपाल र हङकङबीच आज मैत्रीपूर्ण क्रिकेट खेल्दै
वि.सं.२०८० फागुन २६ शनिवार ०७:५७
1.6K
shares
काठमाडौं: नेपाल र हङकङबीच आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० आई श्रृङ्खला हुँदैछ । त्यसअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ । नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् ।
वि.सं.२०८० फागुन २६ शनिवार ०७:५७



















