YouTube Link

सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्न क्यानले निर्णय सार्वजनिक गर्दै

World Cup 2026
Facebook Link

काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्षको जेल सजायँ सुनाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो निर्णय सार्वजनिक गर्दै सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने भएको छ ।

बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्षको जेल सजायँ हुने निर्णय बुधबार सुनाएको थियो । यो निर्णयपछि सन्दीपले आफ्नो भनाइ क्यानसमक्ष पेश गरिसकेका छन् । उनको भनाइ भने सार्वजनिक भएको छैन । सन्दीपका कानुन व्यवसायीहरुले भने जिल्ला अदालतको निर्णयविरुद्ध पुनरावेदनमा जाने बताउँदै आएका छन् ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उजुरी थियो । त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले १३ पुसमा क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । २५ पुसमा भने जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

वि.सं.२०८३ असार २९ सोमवार १२:१९

काठमाडौं: विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...