भारतले दियो अस्ट्रेलियालाई २४१ रनको लक्ष्य

वि.सं.२०८० मंसिर ३ आइतवार १८:५३

एजेन्सी: घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ को फाइनलमा उपाधि जित्न अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।
भारतका लोकेश राहुलले १०७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे । कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनि तेस्रो विकेटको पतनपछि खेलमा संघर्ष गरेको थियो ।
अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए । स्पिनर ग्लेन म्याक्सवेलको १०औं ओभरको चौथो बलमा रोहित शर्मा ४७ रनमा आउट भए । कभरमा ट्रविस हेडले एक सानदार क्याच लिएपछि रोहित पेभेलियन फर्केका थिए । त्यसपछि कुनैपनि भारतीय ब्याटरले राम्रो गर्न सकेनन् ।
प्याट कमिन्सको १०औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ऎर ४ रनमा इंग्लिसबाट क्याच आउट भए । चौथो विकेटका लागि १०९ बलमा ६७ रनको साझेदारी गरेका थिए । प्याट कमिन्सको २९ औं ओभरको तेस्रो बलमा कोहली ५४ रनमा आउट भए ।
कोहली आउटसँगै ठूलो योगफलको सम्भावना पनि सकिएको थियो । रबिन्द्र जडेजा २२ बलमा ९ रन बनाउदै क्याच आउट भए । सुर्य कुमार यादव २८ बलमा १ चौकासहित १८ रनमा आउट भए ।
अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए ।

वि.सं.२०८० मंसिर ३ आइतवार १८:५३