YouTube Link

इंग्ल्याण्डसँग ९३ रनले पराजित हुँदै पाकिस्तान विश्वकपबाट बाहिरियो

Facebook Link

 

एजेन्सी: भारतमा जारी आईसीसी विश्वकप क्रिकेटमा इंग्ल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको छ । ३३८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३.३ ओभरमा २४४ रनमा अलआउट भयो ।

 

पाकिस्तानका लागि आगा सलमानले ४५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५१ रन बनाएर  अर्धशतक पूरा गरे । कप्तान बाबर आजमले ४५ बलमा ६ चौका प्रहार गर्दै ३८ रन बनाए । मोहम्मद रिजवानले ३६ रन र साउद शकीलले २९ रन बनाए । बलर जोडी शाहिन शाह अफ्रिदी २२ बलमा २५ र हरिस रउफले २३ बलमा ३५ रन बनाएका थिए ।

 

इंग्ल्यान्डका लागि डेभिड विलीले ३ विकेट लिए । गस एटकिन्सन, मोइन अली र आदिल रसिदले समान २ विकेट लिए । क्रिस वोक्सले १ विकेट लिए ।

 

टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३३७ रन बनाएको थियो । इंग्ल्याण्डका लागि बेन स्टोक्स, जो रुट र जोनी बेयरस्टोले अर्ध शतक बनाए । स्टोक्सले सर्वाधिक रन बनाउने क्रममा ७६ बलमा ११ चौका र २ छक्काका साथ ८४ रनको योगदान थिए । रुटले ७२ बलमा ४ चौका प्रहार गर्दै ६० रन बनाए । ओपनर बेयरस्टोले ६७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बनाए ।

 

पाकिस्तानका हसिफ रउफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र मोहम्मद वासिम जुनियरले समान २ र इफ्तिकार अहमदले १ विकेट लिए । इङ्ग्ल्याण्ड यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । पाकिस्तानले चमत्कारी प्रर्दशन सहित सेमिफाइनल पुग्ने लक्ष्यमा थियो । तर पाकिस्तान अनुकुलको खेल नबनेपछि न्युजिल्याण्डको भाग्य खुलेको छ । भारत, साउथ अफ्रिका र अष्ट्रेलिया यसअघिनै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...