YouTube Link

युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा

Facebook Link

 

काठमाडौं: आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुगेको छ । एसिया क्वालिफायर अन्तर्गत शुक्रबार मुलपानीमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान पक्का गरेको हो ।

 

नेपाललाई विश्वकपमा पुर्‍याउन आसिफ शेखले अविजित ६३ रनको योगदान दिए । ५० बलमा उनले ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए । २१ बल खेलेका रोहितले ३ चौका र एक छक्का प्रहार गरे । त्यसअघि कुशल भुर्तेल ११ रन र गुल्शन झा २२ रन बनाएर पेभेलियन फर्किएका थिए ।

 

टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओ‌भरको खेलमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । युएईका लागि व्रितियाले अर्धशतकसहित ६४ रन बनाए । ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कप्तान मुहम्मद वासिमले २६ रन, अलिशान सराफुले १६ रन, आसिफ खानले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

 

बलिङतर्फ कुशल मल्लले ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ र सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिए । नेपालले यसअघि पनि सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराउँदै आयोजकसँग पराजित भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...