आगामी प्रतियोगिताहरु नखेल्ने सन्दीप लामिछानेको घोषणा
वि.सं.२०८० असोज २६ शुक्रवार ०७:२६
1.8K
shares
काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरिएको खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछ ।
सन्दीपले भने प्रतियोगिता नखल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ र परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु । मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु । सबैलाई धन्यवाद । अर्को भेट नभएसम्म ।’
https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/880003123495625?ref=embed_post
वि.सं.२०८० असोज २६ शुक्रवार ०७:२६




















