YouTube Link

नेपालको लगातार दोस्रो जित, कुवेतलाई ३४ रनले हरायो

Facebook Link

 

काठमाडौं: नेपालले चार देश सम्मिलित महिला टि-२० आई सिरिज अन्तर्गत कुवेतलाई ३४ रनले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पुगेको छ ।

 

जितको लागि ९० रनको मध्यम विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनायो । कुवेतका लागि जिफा जिलानीले १९ बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले २२ बलमा १० रन बनाइन् । अन्य कुनैपनि कुवेती ब्याटरले नेपाली बलर सामु दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

नेपालको लागि इन्दु बर्माले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । नेपालका लागि पहिलो खेल खेलेकी खुशी डंगोलले ३ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिइन् । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले एक एक विकेट लिइन् ।

 

त्यसअघि टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । ब्याटिङमा कमजोर प्रदर्शन गरेपनि नेपाल उत्कृष्ट बलिङका साथ उक्त योगफल जितको पर्याप्त बनाएको हो ।

 

नेपालको जितमा इन्दु बर्माले १९ बलमा २ चौकासहित सर्वाधिक २३ रन बनाइन् । काजोल श्रेष्ठले १८ बलमा १ चौकासहित १९ रनको अविजित इनिङ खेलिन् । यी दुई ब्याटर बाहेक अन्य कुनैपनि नेपाली ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । नेपालले ८२ बलपछि चौका प्रहार गरेको थियो । इन्दुले २ र काजोलले एक बाहेक अन्य कुनैपनि ब्याटरले चौका प्रहार गर्न सकेनन् ।

 

ओपनर पुजा महतो डक, सम्झना खड्का १, अनुभवी ब्याटर सीता रानामगर १२ बलमा ७, कप्तान रुविना क्षेत्री बेलबासे ५, विन्दु रावल ४५ बलमा २०, कविता जोशी २ र कविता कुँवर डक आउट भइन् ।

 

महियम हैदरले ४ ओभरमा ८ रन खर्चेर ४ विकेट लिएपनि ब्याटिङ नचल्दा टोलीलाई जिताउन सकिनन् । मर्याम ओमारले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । प्रियादा मुराली र खादिजा खालिलले एक एक विकेट लिइन् ।

 

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ । पराजित भएमा अन्य टोलीको नेटरनरेटमा भर पर्नेछ ।

 

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

 

फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...