YouTube Link

साउदी क्लब अल नासर च्याम्पियन्स लिगमा छनोट

Facebook Link

 

एजेन्सी: साउदी क्लब अल नासरले एसियाली च्याम्पियन्स लिगको प्लेअफमा शबाब अल अहलीलाई ४-२ ले पराजित गरेको छ ।

 

च्याम्पियन्स लिग छनोटका लागि प्लेअफमा अल नासरले ८७औं मिनेटसम्म २-१ ले पछाडि परेको थियो । तर अन्तिम ९ मिनेटमा अल नासरले ३ गोल थप्दै यस सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

 

अल–नासरको जितमा एन्डरसन टालिस्काले दुई गोल गरे भने सुल्तान अल–घानाम र मार्सेलो ब्रोजोभिचले एक–एक गोल थपे । पराजित शबाब अल-अहलीका लागि याह्या अल-घासानीले दुई गोल गरेपनि टोलीलाई जिताउन सकेनन् ।

 

अल-नासरले खेलको ११औं मिनेटमा टालिस्काले ब्रोजोभिचको उत्कृष्ट पासमा हेड गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर अल–नासरले अग्रता धेरै बेर टिकाउन सकेन । ७ मिनेटपछि अल-अहलीले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।

 

दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्दै अल-अहलीले खेलमा अग्रता लिएको थियो । काउन्टर अट्याकमा याह्या अल-घासानीले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।

 

क्रिस्टियानो रोनाल्डो र सडियो माने आक्रमणमा रहेको अल-नसार त्यसपछि निकै आक्रमक प्रस्तुत भयो । लगातारको आक्रमण असफल भएपनि निर्धारित समयको ३ मिनेट बाँकी रहँदा अल नासर खेलमा बराबरी गोल गर्न सफल रह्यो सुल्तान अल-घानमले ८८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । थपिएको अतिरिक्त समयको छैटौं मिनेटमा टास्लिकाले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई अघि बढाए ।

 

त्यसको दुई मिनेटपछि मार्सेलो ब्रोजोभिचले गोल गर्दै एएफसी च्याम्पियन्स लिगमा आफ्नो टोलीको स्थान पक्का गरे । पराजित अल-अहलीले अब दोस्रो श्रेणीको एएफसी प्रतियोगिता, एएफसी कपमा प्रतिस्पर्धा गर्नेछ । एएफसी च्याम्पियन्स लिग र एएफसी कप दुवैको ड्र २४ अगस्टमा मलेसियाको क्वालालम्पुरमा हुनेछ ।

 

साउदीबाट यसअघि अल इतिहाद, अल फायहा र अल हिलाल च्याम्पियन्स लिगका लागि छनोट भइसकेका थिए । भारतको मुम्बई सिटी फुटबल क्लबले पनि समूह चरणमा स्थान पक्का गरिसकेको छ । प्लेअफबाट अल नासरसहित ८ टोलीको टुंगो लागेसँगै अब अगस्ट २४ मा समूह चरण ड्र हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...