YouTube Link

‘रामेछाप कप फुटसल-२०७६’को उपाधि अनेरास्ववियु रामेछापले जित्यो

Facebook Link

काठमाडौं: ‘रामेछाप कप फुटसल-२०७६’को उपाधि अनेरास्ववियु रामेछापले जितेको छ । प्रतियोगितमा लिखुभूजी रामेछाप दोस्रो तथा डाइनामिक युवा क्लब रामेछाप तेस्रो भएका छन् ।

काठमाडौंको शान्तिनगर फुटसल मैदानमा रामेछाप-काठमाडौं पत्रकार समाजले आयोजना गरेको फुटसल प्रतियोगितामा रामेछापको २७ टिमको सहभागिता थियो । रामेछाप जिल्लाबाट काठमाडौंमा आई विभिन्न पेशा-व्यवसायमा संलग्न तथा संघ-संस्थामा आबद्ध जिल्लाबासीहरुलाई लक्षित गरी रामेछाप-काठमाडौं पत्रकार समाजले प्रतियोगिताको आयोजना गरेको थियो ।

रामेछापबासीबीच सद्भाव, एकता एवम् मनोरञ्जन गराउने उद्देश्यले आयोजना गरिएको खेल लिगकम नटआउटका आधारमा खेलाईएको थियो । प्रतियोगितामा विजेतालाई नगद २५ हजार सहित ट्रफि, द्वितीय र तृतीयलाई क्रमश: नगद १५ हजार र १० हजार पुरस्कार वितरण गरिएको थियो ।

प्रतियोगिताको उदघटन सत्रमा प्रमुख अथिति माधव ढुङगेलले गरेका थिए भने समापन समारोहमा प्रमुख अथिति प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

रामेछाप-काठमाडौं पत्रकार समाज रामेछापबाट काठमाडौं आएर पत्रकारिता कर्ममा सक्रिय पत्रकारहरुको साझा संस्था हो ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...