Rajshow Bivag

नेपाली राष्ट्रिय महिला फुटबल टोली कठिन समूहमा

Departmant of helth services

 

काठमाडौं: चीनको हान्झोउमा सेप्टेम्बरबाट सुरु हुने १९औं एसियाली खेलकुद अन्तर्गत नेपाली राष्ट्रिय महिला फुटबल टोली कठिन समूहमा परेको छ ।

 

नेपाल रहेको समूह ‘डी’ मा हाल अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप खेलिरहेका दुई टोली जापान र भिएतनामसँगै दक्षिण एसियाली च्याम्पियन बंगलादेश रहेको छ ।

 

स्वर्ण पदकको दावेदार एवं पूर्व विश्वकप विजेता जापानसँग नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा भिड्न लागेको हो । भिएतनाम र बंगलादेशसँग भने नेपालले यस वर्ष नै खेलिसकेको छ । ओलम्पिक छनोटमा नेपाल र भिएतनामले दुई लेग खेलेका थिए ।

 

त्यस्तै बंगलादेशसँग साफ च्याम्पियनसिपको फाइनलमा पराजित नेपालले यसै महिना ढाकामा दुई खेलको मैत्रीपूर्ण सिरिज अपराजित रहेर पेनाल्टीमा जितेको थियो । एसियाली खेलकुदको महिला फुटबल स्पर्धामा १७ टोलीको सहभागिता रहनेछ । ५ समूहका शीर्ष टोलीसँगै उत्कृष्ट ३ उपविजेता अर्को चरणमा प्रवेश गर्नेछन् ।

 

समूह विभाजन यसप्रकार छ :

समूह ‘ए’ – चीन, उज्बेकिस्तान, मंगोलिया

समूह ‘बी’ – चाइनिज ताइपेइ, थाइल्याण्ड, भारत

समूह ‘सी’ – उत्तर कोरिया, सिंगापुर, कम्बोडिया

समूह ‘डी’ – जापान, भिएतनाम, नेपाल, बंगलादेश

समूह ‘ई’ – दक्षिण कोरिया, हङकङ, फिलिपिन्स, म्यानमार

 

नेपाली टोली पछिल्लो डेढ महिनादेखि प्रशिक्षणमा व्यस्त रहेको छ । एन्फाले आयोजना गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अनन्तराज थापा प्रशिक्षक रहेपनि एसियाली खेलकुदका लागि भने बालगोपाल महर्जनले टोलीलाई तयारी गराइरहेका छन् । उनीसँग राखेप मुख्य प्रशिक्षक अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षक श्री प्रकाश वैद्य पनि साथमा छन् ।

 

प्रशिक्षणमा रहेका २२ खेलाडी:

गोलरक्षक: अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्ड: अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे

मिडफिल्डर: रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी,अनिता बस्नेत, प्रीति राई, दिपा शाही

फरवार्ड: सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिशा कार्की, रेखा पौडेल

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...