बार्सिलोना ओसासुनाले बराबरी खेल्दै अंक बाँढे
वि.सं.२०७६ भदौ १५ आइतवार ०९:१४
1.1K
shares
एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना ओसासुनासँग २-२ गोलको बराबरीमा रोकिएको हो । ओसासुनाको मैदानमा भएको खेलमा अन्तिम १० मिनेट सम्हालिन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो ।
कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोना खेलको सातौं मिनेटमा पछि परेको थियो । ओसासुनाका रोबर्टो टोरेसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । खेलको ५१ औं मिनेटमा यूवा खेलाडी अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । खेलको ६४ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ८१ औं मिनेटमा ओसासुनाका टोरेसले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए । बराबरीसँगै बार्सिलोनाले ३ खेलबाट ४ अंक जोडेको छ । बार्सिलोनाको यो दोस्रो बराबरी हो । चौंथो स्थानको ओसासुनाको ५ अंक रहेको छ ।
वि.सं.२०७६ भदौ १५ आइतवार ०९:१४



















