YouTube Link

युरोपा कन्फ्रेस लिगको वेस्ट ह्यामले जित्यो

Facebook Link

एजेन्सीः इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेड युरोपा कन्फ्रेन्स लिगको उपाधि जितेको छ । इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै वेस्ट ह्याम दोस्रो सिजनको कन्फ्रेन्स लिगको उपाधि जितेको हो ।

पहिलो संस्करणमा फियोनुर्डलाई पराजित गर्दै इटालीको रोमाले उपाधि जितेको थियो । फोर्टुना एरिना प्राहा चेक रिपब्लिकमा गएराति भएको खेलका वेस्ट ह्यामलाई च्याम्पियन बनाउन सेड बेनरहमा र जरोड बोवेनले गोल गरे । फियोरेन्टिनाका जियोकोमो बोनोभेन्चुराले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिदा तीनै गोल दोस्रो हाफमा भएका थियो । ६२औं मिनेटमा सेड बेनरहमाले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई १–० को अग्रता दिलाए ।

पेनाल्टी बक्समा क्रिष्टियानो विरागीले हातले बल छोएको भन्दै वेस्ट ह्यामले लामो अपिल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै पेनाल्टी प्रदान गर्दा बेनरहमा चुकेनन् । तर, वेस्ट ह्यामको त्यो अग्रता लामो समय टिकेन ।

खेलको ६७औं मिनेटमा जियाकोमो बोनोभेन्चुराले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले निकोलस गोन्जालेसको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि खेल अतिरिक्त समयतर्फ लम्बदै गर्दा जरोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई उपाधि जिताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...