YouTube Link

रास्वपामा दुई लाख हराहरीले लिए नयाँ सदस्यता

Facebook Link

 

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले आक्रामक रुपमा सदस्यता विस्तार गरिरहेको छ । बुधबारसम्म डेढ लाख बढीले सदस्यताका लागि आवेदन भरेका छन् ।

 

आवेदन भर्नेमा गाउँभन्दा सहरी क्षेत्रका बढी रहेको रास्वपाले जनाएको छ । रास्वपाका अनुसार ६३ हजारले अनलाइनबाट आवेदन दिएका छन् । ८५ हजारले हस्तलिखित आवेदन भरिसकेकाहरुको सदस्यता स्वीकृतिको प्रक्रियामा रहेको रास्वपाले जनाएको छ ।

 

त्यसअघि नै आवेदन दिएर स्वीकृत भएका ३२ हजारले पाँच वर्षको लागि सदस्यता नवीकरण गराइसकेको रास्वपाले जनाएको छ । केही समयअघि दैनिक पाँच हजारले फाराम भर्ने रास्वपामा अहिले २ सयभन्दा बढीले आवेदन दिइरहेको रास्वपाको भनाई छ ।

 

अघिल्लो वर्षको असार ७ मा गठन भएको रास्वपाले ४ मंसिरको चुनावमा २० सिट जितेको थियो । त्यसपछि रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री भएको समय (पुस ११–माघ २२), वैशाख १० को उपचुनाव आसपासमा सदस्यता लिनेको भीड बढेको थियो ।

 

अहिलेको राजनीतिक तिक्तताका कारण कांग्रेस, एमाले, माओवादी लगायतका दलबाट असन्तुष्ट मात्र होइन, नयाँ युवाहरु पनि रास्वपाप्रति आकर्षित छन् ।

 

पार्टी गठन गरेको एक वर्ष पुगेको अवसरमा रास्वपाले केन्द्रीय समितिको बैठक राखेको छ । देशभरबाट प्राप्त भएका आवेदनहरुको वर्गीकरण गरेर बैठकमा पेस गर्ने तयारी छ ।

 

अहिले रास्वपाले अनलाइन आवेदन भर्ने सबैलाई सदस्य बनाउने नीति लिएको छ । देशभरका सबैलाई सदस्य बनाउने अभियान लिएको रास्वपाले बिना रोकतोक स्वीकृत गर्ने नीति लिएको छ । सदस्य बनेका कसैको उजुरी परेमा भने छानबिन गरेर निलम्बन समेत गर्ने व्यवस्था रास्वपामा छ । त्यसका लागि ४ सदस्यीय अनुशासन समिति छ ।

 

कुनै सदस्यले गलत काम गरे, कानुन मिचेको उजुरी परेमा यही समितिले अनुसन्धान गरेर छानबिन गर्नेछ र खराब काम गरेको पुष्टि भएमा निष्कासन/निलम्बन गर्न पार्टीमा सिफारिस गर्न सक्छ । रास्वपाले जिल्ला तहसम्म पनि अनुशासन समिति बनाउने तयारी गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...