YouTube Link

नेपालसहित विश्वकप छनोट खेल्ने १० मध्ये ९ टोलीको टुङ्गो लाग्यो

Facebook Link

 

काठमाडौं: आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने १० मध्ये ९ टोलीको टुङ्गो लागेको छ ।

 

विश्वकप छनोटमा श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, युएई र अमेरिकाले स्थान पक्का गरेका छन् ।

 

श्रीलंका, वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर लिगबाट पुछारमा रहँदै विश्वकप छनोटमा पुगेका हुन् । यी चार टोलीले सोझै विश्वकप खेल्ने अवसर गुमाएका हुन् ।

 

अब सुपर लिगबाट आयरल्यान्ड र दक्षिण अफ्रिका मध्य एक टोलीले छनोट खेल्नुपर्ने हुन्छ । लिग-२ बाट स्कटल्यान्ड शीर्ष, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।

 

क्वालिफायर प्लेअफबाट अमेरिका शीर्ष र युएई दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका हुन् । नियम अनुसार सुपर लिगका पुछारका पाँच टोली, लिग-२ का शीर्ष तीन र क्वालिफायर प्लेअफबाट शीर्ष दुई टोली गरि कुल १० टोलीले छनोट खेल्नेछन् ।

 

सुपर लिगमा नेदरल्यान्ड्स र १२ टेस्ट टोलीले प्रतिस्पर्धा गरेका थिए । आयोजक भारत सहित शीर्ष ७ टोलीले विश्वकपमा स्थान बनाएका छन् । अब दक्षिण अफ्रिका र आयरल्यान्ड मध्य एक टोली सोझै विश्वकपमा पुग्दा एक टोलीले छनोट खेल्नुपर्ने हुन्छ । लिग-२ मा ७ र क्वालिफायर प्लेअफमा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

 

सुपर लिगमा शीर्ष ७ मा रहँदै भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान र अफगानिस्तान विश्वकपमा पुगेका छन् । भारतमा हुने विश्वकपमा १० टोली हुनेछन् । सिंगल राउन्ड रोविनको आधारमा सबैले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...