YouTube Link

ओलम्पिक छनोटका लागि नेपाली महिला टीमको घोषणा

Facebook Link

 

काठमाडौं: पेरिस ओलम्पिक २०२४ छनोटको पहिलो चरणका लागि नेपाली राष्ट्रिय महिला टीमको घोषणा गरिएको छ ।

 

मुख्य प्रशिक्षक अनन्तराज थापाले एपीएफ क्लबकी डिफेन्डर सृजना चेम्जोङलाई पहिलो पटक टीममा समेट्दै २२ सदस्यीय नेपाली टीमको घोषणा गरेका हुन् ।

 

चैत्र २२ र २५ गते दशरथ रंगशालामा हुने छनोटमा नेपालले भियतनामसँग छनोटको लागि प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा रहेका अफगानिस्तान र प्लेस्टाइनले नाम फिर्ता लिएपछि नेपालले छनोटमा भियतनामलाई पराजित गरे दोस्रो चरण प्रवेश गर्नेछ ।

 

नेपाली टीमकी मिडफिल्डर प्रीति राई र सेन्टर ब्याक गीता राना मगरले चोटका कारण छनोटका खेलहरु गुमाउनेछन् । यस्तै, डिफेन्डर पूजा राना मगरले टिममा पुनरागमन गरेकी छिन् । पूजा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिपको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् ।

 

 

नेपाली टिमः

गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ

डिफेन्डरः समीक्षा घिमिरे, हिराकुमारी भुजेल, अमृता जैसी, बिमला बिक, निशा थोकर, पूजा राना मगर, सृजना चेम्जोङ

मिडफिल्डरः रेनुका नगरकोटे, बिमला चौधरी, दीपा शाही, सबिता राना मगर, अनिता बस्नेत, अनिता केसी

फरवार्डः अमिसा कार्की, रेखा पौडेल, साबित्रा भण्डारी, रस्मि कुमारी घिसिङ र निर्मला बिक

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...